मुख्य समाचार
लन्डन आइपुगे जेलेन्स्की, भने- खनिज सम्झौता गर्न तयार छौं, अमेरिकाको सहयोग बिना रुससँग लड्न सकिन्न
लन्डन आइपुगे जेलेन्स्की, भने- खनिज सम्झौता गर्न तयार छौं, अमेरिकाको सहयोग बिना रुससँग लड्न सकिन्न

: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत आइपुगेका छन्। बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गर्न उनी लन्डन आइपुगेका हुन्। शुक्रबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्को विवाद भएलगत्तै जेलेन्स्की लन्डनका लागि प्रस्थान गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।


चर्को विवादका बावजुद जेलेन्स्कीले अमेरिकाप्रति आभार प्रकट गरेका छन्। उनले ट्वीटर्माफत् अमेरिकाले गरेको समर्थनप्रति आभार प्रकट गरेका हुन्। 'म चाहन्छु कि अमेरिका हाम्रो पक्षमा अझ दृढतापूर्वक उभियोस्। उनीहरूको समर्थन बिना रुसी आक्रमणविरुद्ध लड्न निकै गाह्रो छ,' उनले भनेका छन्।

उनले आफूहरूलाई अमेरिकी सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। 'कठिन संवादका बीच हामी रणनीतिक साझेदार बनेका छौं। हाम्रा साझा उद्देश्य पूरा गर्न हामीले एकअर्कालाई इमान्दार भएर बुझ्नु जरुरी छ,' उनले भनेका छन्।


अमेरिकासँग हुने भनिएको खनिज सम्झौता हुन नसके पनि जेलेन्स्कीले उक्त सम्झौतामा हस्ताक्षर गर्न आफूहरू तयार भएको बताएका छन्। 'खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं। तर अमेरिकाले सुरक्षा ग्यारेन्टीचाहिँ गर्नुपर्छ,' उनले भनेका छन्। सुरक्षा ग्यारेन्टी बिना युद्धविराम हुन नसक्ने र यो युक्रेनको लागि खतरनाक रहेको उल्लेख गरेका छन्। उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सुझाव दिए, 'तपाइँ युद्ध अन्त्य गर्न चाहनुहुन्छ, राम्रो कुरा हो। तर, हामीभन्दा बढी शान्ति यहाँ कसैले चाहेको छैन।'

उनले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग युद्धविराम गर्नुको कुनै तुक नरहेको बताए। 'पुटिनसँग युद्धविराम गरेर काम छैन। उनले दस वर्षमा २५ पटक युद्धविराम तोडेका छन्,' उनले भने। उनले रुसप्रति युक्रेनको अडान परिवर्तन नहुने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...