मुख्य समाचार
स्टारमरले जेलेन्स्कीलाई युक्रेनलाई सम्पूर्ण बेलायतको समर्थन रहेको बताए
स्टारमरले जेलेन्स्कीलाई युक्रेनलाई सम्पूर्ण बेलायतको समर्थन रहेको बताए

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आइतबार लन्डनमा युरोपेली देशहरूको शिखर सम्मेलनमा भाग लिने जनाइएको छ। शनिबार बेलायत आइपुगेपछि बेलायती प्रधानमन्त्री केयर स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर स्वागत गरेका थिए। जेलेन्स्कीलाई चर्को नारासहित स्वागत गरिएको थियो।


स्टारमरले जेलेन्स्कीलाई युक्रेनलाई सम्पूर्ण बेलायतको समर्थन रहेको बताएका थिए। 'जतिसुकै समय लागे पनि हामी तपाईं र युक्रेनको साथमा उभिन्छौं', उनले भने। जेलेन्स्कीले पनि उक्त समर्थनको लागि स्टारमरलाई धन्यवाद दिएका छन्।

आज लन्डनमा युरोपेली देशहरूको शिखर सम्मेलन हुँदैछ। यस शिखर सम्मेलनमा फ्रान्स, जर्मनी, डेनमार्क र इटाली लगायत १३ देशले भाग लिनेछन्। साथै नेटोका महासचिव र युरोपेली संघ र युरोपेली परिषद्का अध्यक्षहरू पनि उपस्थित हुनेछन्।


युक्रेनलाई २ अर्ब २६ करोड बिलियन पाउण्ड ऋण

बेलायतले युक्रेनलाई २ अर्ब २६ करोड अर्ब पाउण्ड ऋण दिएको छ। यसका लागि बेलायती प्रधानमन्त्री स्टारमर र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शनिबार सम्झौतामा हस्ताक्षर गरेका छन्। यो ऋण G7 देशहरूको एक्स्ट्रा-र्डिनरी रेभेन्यू एक्सेलेरेशन (ERA) पहल अन्तर्गत दिइएको जनाइएको छ।

उक्त ऋण रूसी सम्पत्तिबाट प्राप्त हुने नाफाको प्रयोग गरेर फिर्ता गरिने जनाइएको छ।

यो ऋण युक्रेनको लागि आवश्यक हतियार खरिद गर्न प्रयोग गरिनेछ। गत वर्ष अक्टोबरमा G7 देशहरूले युक्रेनलाई ५० अर्ब डलर सहयोग प्रदान गर्ने वाचा गरेका थिए।

युक्रेनलाई समर्थन गर्ने विषयमा युरोपेली संघभित्रै पनि केही असहमति देखिएको छ। हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले जेलेन्स्कीको विरुद्धमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई समर्थन गरेका छन्। उनले बलिया मानिसहरूले शान्ति स्थापना गर्ने र कमजोर मानिस युद्ध चाहने बताएका थिए।

उनले राष्ट्रपति ट्रम्प शान्तिको पक्षमा साहसपूर्वक उभिएको पनि बताएका थिए।

त्यस्तै स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले पनि युक्रेनलाई आर्थिक र सैन्य रूपमा सहयोग नगर्ने बताएका छन्। युक्रेनले सैन्य बल प्रयोग गरेर रुसलाई वार्ताको टेबलमा ल्याउन कहिल्यै सक्षम नहुने उनको भनाइ छ।

जेलेन्स्की शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका थिए। जहाँ दुई जनाबीच चर्को बहस भएको थियो। ट्रम्प-भान्स र जेलेन्स्की एकअर्कामाथि औंला उठाउँदै गरेको देखिन्थे। ट्रम्पले जेलेन्स्कीलाई धेरै पटक हप्काएका थिउ। उनले जेलेन्स्कीलाई स्रो विश्वयुद्ध सुरु गर्ने प्रयासमा रहेको आरोपसमेत लगाएका छन्।

हाल धेरै युरोपेली देश तथा नेताहरूले जेलेन्स्कीलाई समर्थन जनाएका छन्। नर्वे, नेदरल्याण्ड्स, पोल्याण्ड, युरोपेली संघ, जर्मनी, बेलायत, क्यानडा र अष्ट्रेलिया जस्ता युरोपेली देशहरूले जेलेन्स्कीलाई समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...