मुख्य समाचार
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको आरोप
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको आरोप

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार राति ह्वाइट हाउसमा भेटवार्ता भएको छ। यस क्रममा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीबीच चर्को विवाद नै भएको थियो।


वार्ताको क्रममा भान्सले जेलेन्स्कीमाथि संयुक्त राज्य अमेरिकाको अपमान गरेको आरोप लगाएका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई धेरै पटक हप्काएका नै थिए। ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको आरोप पनि लगाए।

उक्त वार्ताका क्रममा जेलेन्स्की रिसाएर ह्वाइटहाउसबाट बाहिरिएका थिए। दुई नेताहरूबीच खनिजको सम्बन्धमा सम्झौता हुने तय भएको थियो तर वार्ता विवादकै कारण रोकियो।


ह्वाइटहाउसा भएको कुराकानी विस्तृतमा :

शुक्रबार ट्रम्पलाई भेट्न जेलेन्स्की ह्वाइट हाउस पुग्दा ट्रम्पले ढोकामा आएर उनलाई स्वागत गरे। दुवैले हात मिलाए, त्यसपछि ट्रम्पले जेलेन्स्कीतिर औंल्याउँदै मिडियालाई भने, 'उनी आज राम्रो तयारी गरेर आएका छन्।'

दुवै राष्ट्रपति ह्वाइट हाउसको ओभल हाउस पुगे। यहाँ मिडियाको अगाडि दुई पक्षबीचको कुराकानी सुरु भयो। ट्रम्पले यदि उनी र जेलेन्स्की मिलेर रूस र युक्रेन बीचको युद्ध रोक्न सके धेरै राम्रो हुने बताए। जेलेन्स्कीले सोही समयमा ट्रम्पलाई युद्धका तस्बिरहरू देखाए।

ट्रम्पसँगको कुराकानीको क्रममा जेलेन्स्कीले भने, 'शान्ति सम्झौतामा रुसी राष्ट्रपति पुटिनसँग कुनै सम्झौता हुनुहुँदैन।'

यसबारे ट्रम्पले भने, 'हामी चाहन्छौं कि यो युद्ध सकेसम्म चाँडो समाप्त होस्। आशा छ हामीले थप सेना पठाउनु पर्दैन। म खनिज सम्झौताको कदर गर्छु किनकि हामीलाई यसको आवश्यकता थियो। हाम्रो देशसँग अहिले निष्पक्ष व्यवहार गरिँदै छ।'

ट्रम्पले थप भने, 'यदि मैले रूस र युक्रेन दुवैसँग समन्वय नगरेको भए, कुनै पनि सम्झौता सम्भव हुने थिएन। म न त पुटिनसँग छु न त अरू कसैसँग। म केवल अमेरिकासँग छु।'

ट्रम्प र जेलेन्स्कीबीच लगभग ३० मिनेटसम्म राम्रो कुराकानी भयो। तर उपराष्ट्रपति जेडी भान्सले कुराकानीमा बाधा पुर्‍याएपछि यो बहसमा परिणत भयो। यस समयमा ट्रम्प युक्रेनमा शान्ति स्थापना गर्ने बारेमा कुरा गरिरहेका थिए।

भान्सले रिसाउँदै भने, 'युक्रेनमा शान्ति र समृद्धिको बाटो कूटनीतिबाट मात्र हुनेछ। राष्ट्रपति ट्रम्प यही गरिरहेका छन्। तपाईंको मनोवृत्ति धेरै अनादरपूर्ण छ। यो उचित कूटनीति होइन। यो युद्ध रोक्नुभएकोमा तपाईंले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुपर्छ।'

जेलेन्स्कीले उक्त कुराको प्रतिक्रिया दिंदै भने, 'जब २०१४ मा रूस-युक्रेन युद्ध सुरु भयो, त्यहाँ धेरै वार्ताहरू भए। २०१९ मा मैले एउटा सम्झौतामा हस्ताक्षर गरें। मलाई युद्धविराम लागू हुने आश्वासन दिइएको थियो। दुवै पक्षका युद्धबन्दीहरूलाई रिहा गरिनेछ भनिएको थियो तर पुटिनले यो सम्झौता तोडेर २०२२ मा ठूलो आक्रमण गरे।'

जेलेन्स्की भान्सलाई प्रश्न गर्दै भने, 'यो कस्तो प्रकारको कूटनीति हो, जे.डी. भान्स? यसको अर्थ के हो?'

भान्सले यसको जवाफमा आफूले त्यस्तो कूटनीतिको बारेमा कुरा गरेको जसले युक्रेनमा भइरहेको विनाशलाई रोक्ने बताए।

भान्स थप भने, 'मलाई लाग्छ कि ओभल अफिसमा आएर अमेरिकी मिडियाको अगाडि यो कुरा उठाउनु तपाईंको अनादर हो। तपाईंसँग आवश्यक सेना नभएकोले तपाईं सीमामा कमजोर हुनुहुन्छ। युद्धमा सहयोग गरेकोमा तपाईंले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुपर्छ।'

जेलेन्स्की (भान्सलाई रोक्दै): के तपाईं युक्रेन जानुभएको छ, के तपाईंले कहिल्यै हामीले त्यहाँ सामना गरिरहेका समस्याहरू देख्नुभएको छ? एकपटक आएर हेर्नुहोस् न।'

भान्सले उनलाई जवाफ दिंदै प्रतिप्रश्न गरे, 'मैले यसको बारेमा पढेको छु र देखेको छु। तर के तपाईंलाई लाग्छ कि त्यो देशको प्रशासनप्रति अनादरपूर्ण मनोवृत्ति देखाउनु सही हो, जुन देशले तपाईंको देशको विनाश रोक्न चाहन्छ?'

उक्त प्रश्नको प्रतिक्रिया दिंदै जेलेन्स्कीले भने, 'युद्धमा हुँदा सबैले समस्याको सामना गर्छन्। भविष्यमा यो युद्धले अमेरिकालाई पनि असर गर्नेछ।'

ट्रम्प रिसाउँदै जेलेन्स्कीको कुरा बीचमा रोक्दै भने, 'हामीलाई के महसुस गर्ने भनेर नभन्नुहोस्। हामीले कस्तो महसुस गर्नुपर्छ भनेर भन्न सक्ने अवस्थामा तपाईं हुनुहुन्न।'

ट्रम्पले औंला उठाउँदै अगाडि भने, 'तपाईंले कुनै चाल चल्न सक्नु हुँदैन। तपाईले लाखौं मानिसहरूको जीवनसँग खेलिरहनुभएको छ। तेस्रो विश्वयुद्धको सम्भावनामाथि जुवा खेल्दै हुनुहुन्छ। तपाईं यो देशको नै अपमान गर्दै हुनुहुन्छ।'

यसपछि जेलेन्स्कीले आफूले ट्रम्पलाई धेरै सम्मान गर्ने बताए।

भान्सले रिसाउँदै जेलेन्स्कीले धन्यवाद भन्नुपर्नेमा बैठकमा एकपटक पनि धन्यवाद नभनेको बतए। प्रतिउत्तरमा जेलेन्स्कीले आफूले धेरैपटक धन्यवाद दिएको कुरा राखे।

भान्सले भने, 'होइन, यो बैठकमा के तपाईंले 'धन्यवाद' भन्नुभयो? तपाईं पेन्सिलभेनिया जानुभयो र त्यहाँ हाम्रो विपक्षीको लागि प्रचार गर्नुभयो। अमेरिका र तपाईंको देश बचाउन प्रयासरत राष्ट्रपतिप्रति केही कृतज्ञता देखाउनुहोस्।'

जेलेन्स्कीले भान्सलाई भने, 'तपाईंलाई लाग्छ युद्धको बारेमा ठूलो स्वरमा कुरा गर्नुभयो भने ...'

ट्रम्पले उनलाई फेरि बीचमा रोक्दै भने, 'उनी ठूलो स्वरमा बोलिरहेका छैनन्।'

(जेलेन्स्कीले बोल्न खोज्छन्, तर ट्रम्पले हात हल्लाएर उनलाई रोक्छन्।)

ट्रम्पले भने, 'होइन, होइन, तपाईंले पर्याप्त भन्नुभयो। तपाईंको देश ठूलो समस्यामा छ।'

यसको उत्तर दिंदै जेलेन्स्कीले उक्त कुरा आफूलाई थाहा भएको बताए।

ट्रम्पले थप कडा स्वरमा भने, 'तपाईंले यो युद्ध जित्नुभएको छैन। हाम्रो कारणले गर्दा, तपाईंसँग सुरक्षित र स्वस्थ तरिकाले युद्धबाट बाहिर निस्कने ठूलो मौका छ। हामीले मूर्ख राष्ट्रपति मार्फत (बाइडेनतिर औंल्याउँदै) ३५० अर्ब डलर दियौं, सैन्य उपकरणहरू दियौं। यदि हाम्रो उपकरणहरू नभएको भए युद्ध दुई हप्तामा समाप्त हुने थियो।'

जेलेन्स्कीले यसको उत्तर दिंदै भने, 'सबै कुरा तीन दिनमा समाप्त हुनेछ भनेर पुटिनले भनेका थिए।'

ट्रम्पले अहिले नै युद्धविराम गर्न सकिन्छ भने आफूले गोलाबार रोक्न आग्रह गर्ने बताए।

जेलेन्स्कीले शान्त स्वरमा भने, ‘अवश्य पनि, म युद्ध रोक्न चाहन्छु। म एउटा युद्धविराम चाहन्छु जसको ठोस ग्यारेन्टी होस्। तपाईंले युक्रेनका जनतालाई युद्धविरामको बारेमा के सोच्नुहुन्छ भनेर सोध्नुहोस्।'

यसपछि जेलेन्स्की ह्वाइट हाउसबाट निस्किए र आफ्नो गाडीमा बसेर होटलतिर लागे।

जेलेन्स्की र ट्रम्पबीचको यस बैठकमा खनिज सम्बन्धी सम्झौता हुने तय भएको थियो तर यो सम्झौता रद्द गरियो। युक्रेनले अमेरिकालाई दुर्लभ खनिज सामग्री आपूर्ति गर्न सहमति जनाएको थियो।

यो सम्झौताको बदलामा अमेरिकाले युक्रेनको पुनर्विकासमा मद्दत गर्ने बताएको थियो। ट्रम्पले गत महिनादेखि युक्रेनलाई दुर्लभ खनिज पदार्थ दिन दबाब दिइरहेका थिए। यदि यसो नगरे उनीहरूले अमेरिकी सहयोग रोक्ने धम्की पनि दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...