मुख्य समाचार
ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्ने मनसाय नभएको आरोप
ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्ने मनसाय नभएको आरोप

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वाशिंगटन डीसीमा भएको भेटघाट चर्को बहसमा परिणत भएको जनाइएको छ।


ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्ने मनसाय नभएको आरोप लगाएका छन्। जेलेन्स्कीलाई प्रश्न गर्दै ट्रम्पले भने, 'तपाईंको मनसाय सम्झौता गर्ने देखिंदैन। युक्रेनले रूससँग युद्ध जित्न सक्दैन।'

वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीलाई 'अपमानजनक' व्यक्ति भएको बताएका छन्।


यसअघि जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनसँगको शान्ति वार्तामा 'कुनै सम्झौता' हुनु हुँदैन भनेका थिए। उक्त कुराको जवाफ दिंदै ट्रम्ले अमेरिका बीचमा नबसे युक्रेनले कहिल्यै शान्ति सम्झौता नगर्ने पनि आरोप लगाए। उनले भने, 'यदि मैले आफूलाई रूस र युक्रेनको बीचमा राखिनँ भने तपाईंहरु कहिल्यै सम्झौता गर्नुहुनेछैन‍।'

युक्रेनको यो रवैयाले शान्ति सम्झौता नहुने बताउँदै उनले भने, 'तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ। अर्को पक्षले पनि मन पराउनुपर्ने कुनै कारण छैन। मलाई कडा बनोस् भन्ने चाहानुहुन्छ। म संसारको अरू कोही भन्दा कडा हुन सक्छु तर यस्तो रवैयाले सम्झौता गर्न भने सकिंदै।'

उक्त भेटमा तनावको स्थिति नै सिर्जना भएको थियो। जेलेन्स्कीले भान्सलाई कस्तो प्रकारको कूटनीतिको बारेमा कुरा गर्दैहुनुहुन्छ भनेर प्रश्न गरेपछि दुबै पक्षबीच तनावपूर्ण अवस्था आएको बीबीसी समाचारमा उल्लेख छ। जवाफमा भान्सले आफूले युक्रेनमा भएको विनाश रोक्ने कूटनीतिको बारेमा कुरा गरेको बताए। भान्सले उक्त कार्यको लागि जेलेन्स्कीले धन्यवाद दिनुपर्ने तर त्यसो नगरेको बताए।

जेलेन्स्कीले पनि उक्त कुराको जवाफ दिंदै आफूले धेरै पटक धन्यवाद भनेको जनाए।

त्यस्तै ट्रम्पले अरु थप गर्दै भने, 'युक्रेन ठूलो समस्यामा छ। तपाईं समस्यालाई जित्न सक्नुहुन्न। यदि तपाईंहरु युक्रेनको साथमा भए युक्रेनलाई बाहिर निस्कने मौका छ।'

ट्रम्पले भने, 'हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौं। हामीले तपाईंलाई सैन्य उपकरणहरू दिएका छौं। यदि हामीले सैन्य सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामा समाप्त हुने थियो।'

ट्रम्पले जेलेन्स्कीको मनसाय युद्धविराम गर्ने नभएको पनि आरोप लगाए। जसको जवाफमा जेलेन्स्कीले भने, 'हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौं।'

रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसका प्रतिनिधिहरूले केही समयअघि वार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...