मुख्य समाचार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन भएका छन् । ओभल अफिसमा यी तीन नेताबीच भएको उग्र विवादपछि युक्रेनका लागि आफ्नो समर्थन जनाउँदै सयौं मानिसले न्युयोर्क, लस एन्जलस र बोस्टनमा प्रदर्शन गरेका हुन् ।


युक्रेन समर्थक चिन्हसहितका झन्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू वेट्सफिल्ड, भर्मन्टको सडकमा पनि लाइनबद्ध भएर प्रदर्शनमा उत्रिए । उक्त सडकमार्गबाट उपराष्ट्रपति भान्स र उनको परिवार बिदा मनाउने सिलसिलामा स्की रिसोर्टको भ्रमणमा जाने तालिका थियो । प्रदर्शनका कारण भान्स परिवार आफ्नो पूर्वनिर्धारित तालिकाभन्दा फरक हिसाबले स्की रिसोर्टबाट अज्ञात स्थानमा सरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबारको वार्ता अगाडि नै ट्रम्प–भान्स प्रशासनविरुद्ध वेट्सफिल्डमा गत साताको सुरुमै विरोध प्रदर्शन गरिएको थियो । ‘मलाई लाग्छ शुक्रबार ह्वाइट हाउसमा भएको प्रदर्शनले आज अझै धेरै मानिसलाई बाहिर निस्कन प्रेरित गरेको छ’, विरोध प्रदर्शन गर्ने समूह इन्डिभिजिबल म्याड रिभर भ्यालीकी जुडी डेलीले भनिन् ।


‘भ्यान्सले सीमा पार गरे’, अर्की प्रदर्शनकारी कोरी गिरोक्सले थपिन् । भ्यान्स परिवारको यात्रा अघि भर्मोन्टका गभर्नर फिल स्कटले मानिसलाई उनको परिवारप्रति आदर सम्मान व्यक्त गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...