मुख्य समाचार
रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम दैनिक रूपमा बढ्दो
रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम दैनिक रूपमा बढ्दो

: वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम दैनिक रूपमा बढ्दो छ ।स्रोतका अनुसार हालसम्म कम्पनी छोडेर भाग्नेको संख्या लगभग १३ हजारभन्दा बढी पुगिसकेको छ।

नेपाली श्रमिकहरूले कम्पनी छोडेर भाग्नुका प्रमुख कारणमा श्रम शोषण,सम्झौताविपरीतको काम,तलब नपाउने,कफाला प्रणालीको दुरुपयोगलगायत रहेको पाइएको छ। कफाला प्रणालीअन्तर्गत,श्रमिकहरू रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न वा स्वदेश फर्कन सक्दैनन् जसले गर्दा उनीहरू बाध्य भएर भाग्ने स्थिति सिर्जना भएको हो। सेवा सुविधा र तलबको लोभमा परी साउदीको कानुन विपरित काम गर्दा जेल पर्नेको संख्या पनि ३ सय बढि रहेको छ।

साउदी अरबमा कार्यरत नेपालीहरू कम्पनी छोडेर भाग्नुका धेरै कारणहरू भएपनि मुख्यतया श्रम शोषण र खराब कार्य वातावरणलाई लिने गरिन्छ। धेरै नेपाली श्रमिकहरूले सम्झौताभन्दा फरक काम गर्नुपर्ने, लामो कार्यघण्टा,न्यून तलब र असुरक्षित कार्यस्थलको सामना गर्नुपर्ने र कतिपय कम्पनीहरूले श्रमिकहरूलाई तलब समयमा नदिने वा कटौती गर्ने गरेको पाइन्छ।


नेपाली राजदूत डा. नरेश विक्रम ढकालका अनुसार सीमित स्रोत,साधन तथा साउदी अरबको विशाल भूगोल,विषम हावापानी र भिन्न परिवेशका बाबजुद नेपाली श्रमिकलाई सहजरूपमा राहदानी,कन्सुलर, उद्धार, सेल्टर, बहिर्गमन भिसा, शव फिर्ता, बिमा तथा क्षतिपूर्ति दाबी र घर फिर्तीलगायतका सेवा दिइरहेको बताए ।

यसैगरी मागपत्र प्रमाणीकरण,उद्धार, घर फिर्तीलगायतका समस्या परे इजाजत पत्रवालाहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभागलगायतका सरोकारवाला निकायहरूसँग समय–समयमा अनलाइन अन्तरक्रिया गरी समाधान गर्ने गरेको उनले बताए।

राजदूत ढकालले नेपालीहरूलाई साउदीको कानुनको पालना गरी सम्बन्धित कम्पनीको नियममा रहेर कार्य सम्झौता अनुसार कामय गर्न समेत आग्रह गरेका छन्।
नेपाली दूतावासका अनुसार अवैधानिक रुपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको र त्यस्ता नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा हालसम्म ३६ सय बढि एक्जिट भिसा प्राप्त गरी सकेका छन।

दूतावासले श्रमिकहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै,समस्यामा परेमा तुरुन्तै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै,दूतावासले साउदी अरबको कानुन र नियमहरूको पालना गर्न,मर्यादा र शिष्टाचारमा रही काम गर्न र कुनै पनि अवैध क्रियाकलापमा संलग्न नहुन सुझाव समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...