मुख्य समाचार
रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम दैनिक रूपमा बढ्दो
रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम दैनिक रूपमा बढ्दो

: वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने क्रम दैनिक रूपमा बढ्दो छ ।स्रोतका अनुसार हालसम्म कम्पनी छोडेर भाग्नेको संख्या लगभग १३ हजारभन्दा बढी पुगिसकेको छ।

नेपाली श्रमिकहरूले कम्पनी छोडेर भाग्नुका प्रमुख कारणमा श्रम शोषण,सम्झौताविपरीतको काम,तलब नपाउने,कफाला प्रणालीको दुरुपयोगलगायत रहेको पाइएको छ। कफाला प्रणालीअन्तर्गत,श्रमिकहरू रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न वा स्वदेश फर्कन सक्दैनन् जसले गर्दा उनीहरू बाध्य भएर भाग्ने स्थिति सिर्जना भएको हो। सेवा सुविधा र तलबको लोभमा परी साउदीको कानुन विपरित काम गर्दा जेल पर्नेको संख्या पनि ३ सय बढि रहेको छ।

साउदी अरबमा कार्यरत नेपालीहरू कम्पनी छोडेर भाग्नुका धेरै कारणहरू भएपनि मुख्यतया श्रम शोषण र खराब कार्य वातावरणलाई लिने गरिन्छ। धेरै नेपाली श्रमिकहरूले सम्झौताभन्दा फरक काम गर्नुपर्ने, लामो कार्यघण्टा,न्यून तलब र असुरक्षित कार्यस्थलको सामना गर्नुपर्ने र कतिपय कम्पनीहरूले श्रमिकहरूलाई तलब समयमा नदिने वा कटौती गर्ने गरेको पाइन्छ।


नेपाली राजदूत डा. नरेश विक्रम ढकालका अनुसार सीमित स्रोत,साधन तथा साउदी अरबको विशाल भूगोल,विषम हावापानी र भिन्न परिवेशका बाबजुद नेपाली श्रमिकलाई सहजरूपमा राहदानी,कन्सुलर, उद्धार, सेल्टर, बहिर्गमन भिसा, शव फिर्ता, बिमा तथा क्षतिपूर्ति दाबी र घर फिर्तीलगायतका सेवा दिइरहेको बताए ।

यसैगरी मागपत्र प्रमाणीकरण,उद्धार, घर फिर्तीलगायतका समस्या परे इजाजत पत्रवालाहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र यसका पदाधिकारी तथा वैदेशिक रोजगार विभागलगायतका सरोकारवाला निकायहरूसँग समय–समयमा अनलाइन अन्तरक्रिया गरी समाधान गर्ने गरेको उनले बताए।

राजदूत ढकालले नेपालीहरूलाई साउदीको कानुनको पालना गरी सम्बन्धित कम्पनीको नियममा रहेर कार्य सम्झौता अनुसार कामय गर्न समेत आग्रह गरेका छन्।
नेपाली दूतावासका अनुसार अवैधानिक रुपमा काम गर्ने नेपाली संख्या दैनिक रूपमा बढ्दो रहेको र त्यस्ता नेपालीलाई स्वदेश फिर्ता गराउने क्रममा हालसम्म ३६ सय बढि एक्जिट भिसा प्राप्त गरी सकेका छन।

दूतावासले श्रमिकहरूलाई कानुनी प्रक्रियाबारे जानकारी गराउँदै,समस्यामा परेमा तुरुन्तै दूतावास वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। साथै,दूतावासले साउदी अरबको कानुन र नियमहरूको पालना गर्न,मर्यादा र शिष्टाचारमा रही काम गर्न र कुनै पनि अवैध क्रियाकलापमा संलग्न नहुन सुझाव समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...