मुख्य समाचार
अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न
अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न

: अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ। यस वर्ष यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' ले पाँच विधामा अवार्ड जितेको छ।

अनोरा यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ। त्यस्तै उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि यही सिनेमाका निर्देशक र अभिनेत्रीले पाएका छन्।

फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाएका छन्। यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ।



'द ब्रुटालिस्ट'मा गरेको उत्कृष्ट अभिनयको लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। 'द ब्रुटालिस्ट' ले उत्कृष्ट छायांकनको अवार्ड पनि हात पारेको छ। उक्त पुरस्कार बेलायतका लोल क्राउलीले प्राप्त गरेका हुन्।

ओस्करमा जोई साल्दानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितेकी छन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो। 'एमिलिया पेरेज' मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्।

ओस्कर अवार्ड प्राप्त गरेपछि जोई सलदानाको आँखा आँसुले भरिएको थियो। उनी खुसीले रोएकी थिइन्।

उनले भनिन्, 'म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन।'

यसैबीच ब्राजिलियन फिल्म 'आई एम स्टिल हियर' ले सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर अवार्ड जितेको छ।

यो फिल्म ब्राजिलका राजनीतिज्ञ रुबेन्स पाइभाको बेपत्ता भएको वास्तविक घटनामा आधारित छ।

यस समारोहमा ड्युन: पार्ट टु ले दुई ओस्कर पुरस्कार प्राप्त गरेको छ। यसले सर्वश्रेष्ठ ध्वनि र सर्वश्रेष्ठ दृश्य प्रभावमा ओस्कर जितेको छ। ड्युन: पार्ट टु फ्र्याङ्क हर्बर्टको उपन्यास ड्युनमा आधारित चलचित्र हो। यो फिल्मले पहिले नै धेरै प्रशंसा बटुलिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...