मुख्य समाचार
नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षकका रूपमा आफ्नो मुख्य उद्देश्य एसियन कपमा छनोट गराउनु र साफ च्याम्पियनसिप जिताउनु
नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षकका रूपमा आफ्नो मुख्य उद्देश्य एसियन कपमा छनोट गराउनु र साफ च्याम्पियनसिप जिताउनु

। नेपाली पुरूष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले प्रशिक्षकका रूपमा आफ्नो मुख्य उद्देश्य एसियन कपमा छनोट गराउनु र साफ च्याम्पियनसिप जिताउनु भएको बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले राम्रो प्रदर्शनसहित एसियन कपमा छनोट हुन हरसम्भव प्रयास गर्ने बताएका हुन् ।




‘हामी अब मैत्रीपूर्ण खेलसँगै एसियन कप छनोटमा मुख्य फोकस हुनेछ’ रोसले भने, ‘सम्भव भएसम्म एसियन कपमा छनोट हुने प्रयास हुनेछ, सक्दो नजिक पुर्‍याउने कोसिस रहनेछ । अन्यथा राम्रो प्रदर्शनसँगै साफ च्याम्पियनसिप चाहिँ जिताउने छु।’

साथै उनले भविष्य खोज्न विदेश पलायन भएका खेलाडीहरूलाई स्वदेश फर्किएर आफ्नो देशलाई प्रतिनिधत्व गर्दै खेल्न ढोका खुल्लै रहेको बताएका छन् । विदेशमा भएका खेलाडीलाई पुनः फर्किएर खेल्ने वातावरण सिर्जना गर्ने उनले उल्लेख गरे ।




नेपाली टोलीको प्रशिक्षक हुन पाउँदा खुसी र उत्साहित रहेको जनाउँदै उनले नेपालमा फुटबलको अविश्वसनीय क्रेज देखेको र यहाँ केही विशेष कुरा रहेको बताउँदै धेरैभन्दा धेरै सफलताको प्रयास गर्ने बताए । नेपालमा धेरै ट्यालेन्टहरू रहेको बताउँदै उनले उनीहरूलाई गुमाउन नहुने जनाए ।

रोससँग हाल एक वर्षको सम्झौता भएको छ । यस अवधिमा टिमका लागि धेरैभन्दा धेरै सफल नतिजा निकाल्ने र आफू अझै लामो समयसम्म आबद्ध भइराख्न सक्छु भन्ने कुरा प्रमाणित गरेर देखाउने बताए ।

टिममा उनले अट्याकिङ फुटबलको फिलोसोफीअनुसार खेल्ने संकेत गरेका छन् । बल कन्ट्रोलदेखि ट्रान्जिसनमा केही सुधार गर्नुपर्ने जनाउँदै उनले हाइ इन्टेन्सिटी खेल खेल्न जरुरी रहेको बताए ।

यसअघि महिला फुटबल टोलीको प्रशिक्षक रहेका रोसले पुरूष र महिला फुटबल टोलीमा कुनै सीमा नहेरी दबाबबिना काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘पहिले महिला टोलीलाई प्रशिक्षण गरेको कुराले त्यस्तो फरक पर्दैन, कुनै पनि बाउन्ड्री नहेरी काम गर्ने हो, मलाई त्यस्तो दबाब छैन’ उनले भने ।

आफू पेप ग्वार्डिओला र जोसे मोउरिन्होजस्तो विश्वचर्चित प्रशिक्षक नभएको र सुरुबाट योजनासहित काम गर्नुपर्ने बताउँदै उनले नयाँ ठाउँमा गएपछि नयाँ उद्देश्यसहित नयाँ योजनाहरू बनाउनुपर्ने भनाइ राखे । ‘नयाँ ठाउँ, नयाँ कल्चरमा आइसकेपछि अब सफलताको नयाँ बाटोहरू पहिल्याउनुपर्छ, त्यसका लागि खेलाडीहरूलाई तयार गराउँदै लानुपर्छ’ उनले भने ।

रोसले नेपाली महिला फुटबल टिमको पनि प्रशंसा गरेका थिए । महिला फुटबलकै क्रेज देखेर नेपालमा केही विशेष कुरा पक्कै भएको बारम्बार उल्रलेख गरेका उनले महिला खेलाडीको पनि प्रशंसा गरे । प्रीति राई गजबको खेलाडी भएको भन्दै उनले निकट भविष्यमा नेपालको महिला फुटबल टोलीले पनि धेरै सफलता हात पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...