मुख्य समाचार
कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस
कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस

: पर्साको कालिकामाई गाउँपालिका-४ कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस भएका छन्।

सोमबार बिहान प्राथना सकिएपछि कक्षाकोठामा पठनपाठन सुरु भएलगत्तै विद्यार्थीहरू बेहोस भएका हुन्। विद्यालयको कक्षा ६ देखि १० सम्मका २५ भन्दा बढी विद्यार्थी अचानक बेहोस भएको गाउँपालिका अध्यक्ष बशीष्ट प्रसाद कलवारले बताए।

कक्षाकोठामा बेहोस भएका विद्यार्थीहरूलाई उपचारका लागि पोखरियास्थित पोखरिया अस्पतालमा पुर्याइएको र अहिले १ जना बाहेक अरू सबैको अवस्था खतरामुक्त रहेको कलवारले बताए। उनका अनुसार विद्यार्थीहरू बेहोस हुनुको कारण खुल्न सकेको छैन। विद्यार्थीहरु बेहोस भएपछि विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष कलवारले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन
। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ...
— मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ...
जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको व्यवस्थापनमा सञ्चालन हुने ब्लड बैंकका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरिएको हो। आइतबार बसेको ब्लड बैंक खरिद इकाइ समितिको बैठकले ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरेको समितिका संयोजक ठगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ...
: प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ। अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की तथा ग्यास्ट्रिकसम्बन्धी औषधिलगायत आवश्यक औषधीहरू अभाव भएको जनाइएको छ। प्यूठान जिल्ला अस्पतालका स्टोरकिपर नविन थापाका अनुसार धेरै खपत हुने औषधिहरू समयमै नआउँदा समस्या देखिएको हो। ‘सिटामोलको स्टक छैन, करिब ७–८ महिनादेखि गर्भवती ...