मुख्य समाचार
वुमन्स डे कप २०२५ को खेलका लागि नेपाली महिला क्रिकेट टिममा २ नयाँ अनुहारले मौका
वुमन्स डे कप २०२५ को खेलका लागि नेपाली महिला क्रिकेट टिममा २ नयाँ अनुहारले मौका

: वुमन्स डे कप २०२५ को खेलका लागि नेपाली महिला क्रिकेट टिममा २ नयाँ अनुहारले मौका बनाएका छन्। नेपाल क्रिकेट संघ(क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

जसमा साना प्रविन र रिया शर्मा २ नयाँ थपिएका अनुहार हुन्। यो सिरिजमा अनुभवी खेलाडी सीता राना मगर र तीव्र गतिकी बलिङ अलराउन्डर कविता कुँवर चोटका कारण उपलब्ध हुने छैनन्।

पछिल्लो त्रिदेशीय सिरिजमा देखिएका रेवती धामी र मनिषा उपाध्याय पनि टिममा छैनन्। अन्तिम १८ मा अटाएका सवनम राई, सिमाना केसी, सोभा रोकाया र मनिषा उपाध्यायले अन्तिम १४ मा स्थान बनाउन सकेनन्। प्रतियोगितामा नेपाल, युगान्डा, हङकङ र नामिबीयाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मार्च ८ देखि १६ सम्म हुनेछ। डबल राउन्ड रोबिनमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

नेपाली टिमः
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, पूजा महतो, कविता जोशी, अलिशा कुमारी यादव (विकेटकिपर), रोमा थापा, रचना चौधरी, साना प्रविन र ईश्वरी विष्ट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...