: अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईविरुद्ध एन्फाका पूर्व अध्यक्ष गणेश थापाले उजुरी दिएका छन्।
राईले आफ्नो चरित्र हत्या गरेको भन्दै थापाले साइबर ब्यूरोमा उजुरी दिएका हुन्।
१७ करोड हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ खातामा जम्मा गरेको राईको अभिव्यक्तिमा थापाले आपत्ति जनाएका हुन्।
उनले प्रेस विज्ञप्ति जारी गरेर आफूमाथि लागेको आरोपको छानबिनका लागि कानुनी सहायता लिएको बताए। उनले कानुनी उपचारको बाटो अवलम्बन गरेको बताए।