— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ ।समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् ।
यसैक्रममा फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।
अभिनेता कीरन क्लकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् ।
उत्कृष्ट 'कस्टुम डिजाइन' को ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।