मुख्य समाचार
ओस्कर अवार्ड : 'अनोरा'ले पायो ओरिजिनल स्क्रिनप्लेको अवार्ड
ओस्कर अवार्ड : 'अनोरा'ले पायो ओरिजिनल स्क्रिनप्लेको अवार्ड

— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन् ।


यसैक्रममा सिन बेकरको फिल्म 'अनोरा'ले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड पाएको छ । एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म 'कनक्लेभ'ले पाएको छ ।


उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्म 'द सब्सटेन्स'ले पाएको छ ।

यसअघिको घोषणाबाट फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

अभिनेता कीरन कल्किनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् ।

उत्कृष्ट 'कस्टुम डिजाइन' को ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...