मुख्य समाचार
मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कप जिते
मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कप जिते

— मछिन्द्र क्लबले नेपालको घरेलु फुटबलमा सोमबार दुर्लभ ऐतिहासिक सफलता चुमेको छ । मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कप जितेर यो अद्वितीय उपलब्धि आत्मसात् गरेको हो । दुईपल्टको च्याम्पियन मछिन्द्रले सोमबार दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गरेको थियो ।


यससँगै मछिन्द्रले प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ । मछिन्द्रले प्रतियोगिताका तीनै संस्करणमा आफ्नो लगातार जित यात्रा पनि कायम राख्यो । यसपालि फाइनल जितमा एक गोल आत्मघाती गोलको रूपमा प्राप्त भएको थियो । अर्को गोल भने स्टेफन जलीको नाममा रह्यो ।


खेलको २९ औं मिनेटमा मछिन्द्रले अग्रता लिएको थियो । विमल पाण्डेको आत्मघाती गोलमा मछिन्द्रको अग्रता सम्भव भएको थियो । विमलले सनिश श्रेष्ठको प्रहार

क्लियर गर्ने प्रयासमा बलले दुर्भाग्यपूर्ण रूपमा पोस्टको दिशा लिएको थियो । स्टेफनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । मल्लिक युसुफको निकालेको पासमा यो गोल निस्केको हो ।

उपाधिको निर्णायक भिडन्तमा आर्मीले बलियो चुनौती पेस गर्न सकेनन् । मछिन्द्रले खेलको पहिलो हाफ लगभग आफ्नो नियन्त्रणमा राखेको थियो । मछिन्द्रले सेमिफाइनलमा केपी ओली एफसीलाई हराएको थियो । त्यसअघि टोलीले भुटान एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गरेको थियो । उपाधिसँगै मछिन्द्रले १५ लाख ११ हजार १ सय ११ रूपैया जितेको छ । उपविजेता आर्मीले ५ लाख रुपैयाँ हात पार्‍यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टिमको सहभागिता रहेको थियो । प्लेयर अफ द म्याच मछिन्द्रका छिरिङ गुरुङ भए ।


उत्कृष्ट गोलकिपरमा मछिन्द्रका विशाल श्रेष्ठ चुनिए भने इमर्जिङ प्लेयर आर्मीका निराजन धामी भए । सर्वाधिक गोलकर्ताको पुरस्कार मछिन्द्रका स्टेफन जामाहाले पाए । विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार नगद र यामाहाको मोटरसाइकल पुरस्कार प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मछिन्द्रका सनिश श्रेष्ठले पाए । उनले एक लाख र यामाहा मोटरसाइकल जिते । विजेता टोलीलाई विशेष अतिथि रहेका इटालियन भेट्रान गोलरक्षक जियानलुइजी बुफोन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...