मुख्य समाचार
अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहयोग
अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहयोग

— गत शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीबीचको वार्ता असफल भएलगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको छ ।


सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षाका उच्च अधिकारीसँग छलफल गरेपछि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्न आदेश दिएका हुन् । रुस–युक्रेनबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले युक्रेनलाई विभिन्न माध्यमबाट सैन्य सहयोग गर्दै आएको थियो ।


‘ट्रम्प र जेलेन्स्कीबीच भएको वार्ता असफल र विवादपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सामग्री सहायता र ढुवानीमा समेत रोक लगाउने आदेश दिएका छन्, र यो आदेशसँगै निर्णय कार्यान्वयनको चरणमा अघि बढेको छ,’ ह्वाइट हाउसका एक अधिकारीले सीएनएनसँग भनेका छन् । ती अधिकारीले सैन्य सहायता रोक्दा विवाद समाधान हुने वा नहुने हेरिने पनि बताए । उनले राष्ट्रपति ट्रम्प शान्ति स्थापनामा केन्द्रित भएको प्रतिक्रियासमेत दिएका छन् ।

यसअघि बाइडेन प्रशासनले प्रतिबद्धता जनाएको सैन्य सहयोगसमेत रोक्ने गरी ट्रम्पको आदेश लागू गर्ने तयारी छ । अमेरिकाले सहायतामा रोक लगाएपछि युक्रेनको युद्ध लड्ने क्षमतामा गम्भीर असर पर्न सक्ने अधिकारी र विश्लेषकले बताएको सीएनएनले उल्लेख गरेको छ ।


‘जेलेन्स्कीले शान्ति वार्ताका लागि प्रतिबद्धता व्यक्त नगरेसम्म निर्णय कायम रहनेछ र ट्रम्पको यो आदेशले मूलतः युक्रेनलाई युद्धभूमिमा थप क्षतिको त्रास उत्पन्नपछि वार्ताको टेबलमा आउन बाध्य पार्नेछ,’ ह्वाइट हाउसका अधिकारीले भने, ‘राष्ट्रपतिले आफू शान्तिमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । हामीलाई हामीले गरेको सहयोगपछिको लक्ष्यप्रति प्रतिबद्ध हुन आवश्यक छ । हामी हाम्रो सहायतालाई रोकेर पुनरावलोकन गरिरहेका छौं ताकि यसले समस्या समाधानमा थप सहयोग पुगोस् ।’


ट्रम्प प्रशासनका अर्का वरिष्ठ अधिकारीले युक्रेनी राष्ट्रपति जेलन्स्की शान्ति वार्ताका लागि प्रतिबद्ध नदेखिएसम्म सैन्य सहयोग रोकिने बताएका छन् । उनले फक्स न्युजसँग भनेका छन् ‘यो सहायताको स्थायी समाप्ति होइन, यो एक विराम हो ।’ ती अधिकारीको भनाइले सैन्य सहयोग रोकेर अमेरिकाले युक्रेनलाई पुनः छलफलमा आउन बाध्य पार्न खोजेको देखिन्छ । रुसले करिब चार वर्षदेखि आफ्नो छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि पूर्वराष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनलाई रुसी सेनासँग लड्न अर्बौं डलरको सैन्य सहायता प्रदान गरिसकेको ट्रम्प प्रशासनले दाबी गर्दै आएको छ ।

जेलेन्स्कीले गत साता ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग गरेको भेटलाई विश्वव्यापी रूपमा हेरिएको थियो । युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि शान्ति वार्ता अन्तिम चरणमा पुगेसँगै जेलन्स्की ट्रम्पलाई भेट्न अमेरिका आएका थिए । ओभल अफिसमा पत्रकारहरुले पहिलो प्रश्न सोधेको केही मिनेटपछि राष्ट्र प्रमुखबीच आक्रामक भनाभन सुरु भएको थियो । खनिज सम्झौतामा हस्ताक्षर गर्न इन्कार गरेपछि ट्रम्प र भान्स जेलेन्स्कीसँग आक्रेशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...