मुख्य समाचार
युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ
युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ

— युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्ध हवाई आतंक जारी राखेको आरोप लगाएका छन् । युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ छ ।


‘युक्रेन एक सामान्य र सुरक्षित जीवनका लागि लडिरहेको छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी यो युद्ध समाप्त होस् भन्ने चाहन्छौं । तर रुसले हवाई आतंक जारी राखेको छ ।’ रुसले शान्ति नचाहेको र युक्रेनमाथि आक्रमण जारी राखेको जेलेन्स्कीको भनाइ छ ।


‘यदि तपाईं वार्ता गर्न चाहनुहुन्छ भने, बलिस्टिक क्षेप्यास्त्रले मानिसहरूलाई लक्षित नगर्नुहोस् । युक्रेनमाथि रुसी आक्रमण रोक्न हामीले संसारलाई अझ एकजुट र बलियो बनाउन आवश्यक छ,’ जेलेन्स्कीले भनेका छन् ।

रुसले गत साता युक्रेनमा १ हजार ५० भन्दा बढी आक्रमण ड्रोन आक्रमण गरेको थियो । उक्त अवधिमा १ हजार ३ सय बम र २० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको जेलेन्स्कीको दाबी छ ।

जलेन्स्कीका अनुसार पछिल्लो २४ घण्टामा रुसले गरेका आक्रमणमा दक्षिणी खेर्सनमा ५ जनाको ज्यान गएको र १३ जना घाइते भएका छन् । त्यस्तै, दोनेत्स्क क्षेत्रमा गरिएको आक्रमणमा २ जनाको ज्यान गएको उनले बताए । आक्रमणमा ३ जना घाइते भएका र दर्जनौं घरमा क्षति पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...