मुख्य समाचार
अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ
अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ

— अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोले गैरकानुनी आप्रवासन र अवैध फेन्टनाइलको तस्करी नरोकेको भन्दै एक आयातकर लगाएका हुन् ।


क्यानाडेली ऊर्जा उत्पादनमा भने १० प्रतिशत कर लगाइएको छ । त्यस्तै, चीनबाट हुने आयातमा पनि १० प्रतिशत कर थप गरिएको छ । ट्रम्पले दोस्रो कार्यकालमा पहिलोपटक कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभन्दा केही घण्टा अघिदेखि नयाँ कर कार्वान्यनमा ल्याइएको हो ।


ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले यसअघि नै चीन र युरोपेली संघबाट अमेरिका भित्रने सामानहरूमा १० प्रतिशत कर लगाउने बताइसकेका छन् ।

अमेरिकी निर्णयको क्यानडा र चीनले तत्काल प्रतिक्रिया दिएका छन् । क्यानडाले १ खर्ब ५५ अर्ब डलर बराबरका अमेरिकी सामानहरूमा २५ प्रतिशत आयात करको घोषणा गरेको छ ।


त्यस्तै, चीनले कुखुरा, सुँगुर, भटमास र गाईको मासु लगायतका प्रमुख अमेरिकी कृषि उत्पादनहरूको आयातमा १५ प्रतिशत सम्मको अतिरिक्त शुल्क लगाउने घोषणा गरेको छ । त्यस्तै, चीनले करिब दुई दर्जन अमेरिकी कम्पनीहरूमा निर्यात नियन्त्रण र अन्य प्रतिबन्धहरू पनि लगाएको छ । चीनले नयाँ कर तथा प्रतिन्धहरू १० मार्चदेखि लागू हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...