मुख्य समाचार
ओस्कर अवार्ड : 'आई एम स्टिल हेयर' बेस्ट इन्टरनेसनल फिचर फिल्म
ओस्कर अवार्ड : 'आई एम स्टिल हेयर' बेस्ट इन्टरनेसनल फिचर फिल्म

— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् ।


वाल्टर सेलिजको फिल्म 'आई एम स्टिल हेयर'ले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ ।


उत्कृष्ट सिनेमाटोग्राफी फिल्म 'द ब्रुटलिस्ट' का लागि लोल क्रलीले पाएका छन् ।

लाइभ एक्सन सर्ट फिल्मको ओस्कर अवार्ड फिल्म 'आई एम नट अ रोबोट'ले पाएको छ ।


यसैक्रममा उत्कृष्ट साउन्ड र भिजुअल इफेक्ट्सको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट २' ले पाएको छ ।

उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्मको अवार्ड 'नो अदर ल्यान्ड'ले पाएको छ भने उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड 'द ओन्ली गर्ल इन द अर्केस्ट्रा'ले पाएको छ । त्यस्तै, ओरिजिनल सङको ओस्कर अवार्ड फिल्म 'इमिलिया पेरेज'को गीत 'इल मल'ले पाएको छ ।

अभिनेता कीरन क्लकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् ।



उत्कृष्ट फिल्म सम्पादको अवार्ड फिल्म 'अनोरा'ले पाएको छ । सिन बेकरको फिल्म 'अनोरा'ले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड समेत पाएको छ ।

एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म 'कनक्लेभ'ले पाएको छ ।

उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्म 'द सब्सटेन्स'ले पाएको छ ।

यसअघिको घोषणाबाट फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

उत्कृष्ट प्रोडक्सन डिजाइन र कस्टुम डिजाइनको ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार लिसा अहिले अभिनयमा केन्द्रित छिन् । आफ्नो देश थाइल्यान्डमा छायांकन गरिएको ‘द ह्वाइट लोटस’ सिजन ३ बाट अभिनयमा डेब्यू गरेकी उनको अभिनय रुचि यत्तिकैमा सीमित छैन । पपस्टार अभिनयमा फर्किँदैछन्, त्यो पनि पहिलोभन्दा ठूलो क्यानभासमा । डिसेम्बर ५ मा ‘टाइगो’ नामक कोरियाली फिल्ममा उनले अभिनय गर्ने हल्ला चलेको थियो । कोरियाली मिडियाले ...
। हलिउड स्टार लियोनार्दो डिक्याप्रियोलाई प्रतिष्ठित टाइम म्यागजिनले ‘इन्टरटेनर अफ द इयर २०२५’ को रुपमा घोषणा गरेको छ । विश्वचर्चित म्यागजिनले निर्देशक पल थोमस एन्डरसनको ब्ल्याक कमेडी फिल्म “वन ब्याटल आफ्टर अनदर’ मा उनको अभिनयको लागि डिक्याप्रियोलाई सम्मान गरेको हो । फिल्ममा, डिक्याप्रियोले एक पूर्वक्रान्तिकारीलाई आफ्नी छोरीसँग निरन्तर पागलपनसहित बाँचिरहेको पात्रको रुपमा चित्रण गरेका छन्, जबसम्म १६ ...
। रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि उछाल कमाइ गरिरहेको छ । नेपाली बक्सअफिसमा पनि यसको कमाइ उत्साहजनक देखिन्छ । भारतीय बक्सअफिसमा यसले छैटौं दिनसम्म १८८.६० करोड भारु कमाएको छ । यस सप्ताहन्तमा फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै आफूलाई ब्लकबस्टरको रुपमा उभ्याउने निश्चित छ । शुक्रबार २८.६० करोड भारुको ...
। पपस्टार टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी छिन् । फोर्ब्स म्यागजिनले विहिबार यसवर्षको शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । स्विफ्ट सूचीको २१ औं स्थानमा छिन् । मनोरञ्जन विधातर्फ उनी पहिलो स्थानमा हुँदा टेलिभिजन पर्सनालिटी तथा सामाजिक अभियन्ता ओफ्रा विन्फ्रे सूचीको दोस्रो स्थानमा छिन् । पपस्टार ...
। आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् । लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् । उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण सांगीतिक प्रस्तुति ...