मुख्य समाचार
ओस्कर अवार्ड : 'आई एम स्टिल हेयर' बेस्ट इन्टरनेसनल फिचर फिल्म
ओस्कर अवार्ड : 'आई एम स्टिल हेयर' बेस्ट इन्टरनेसनल फिचर फिल्म

— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् ।


वाल्टर सेलिजको फिल्म 'आई एम स्टिल हेयर'ले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ ।


उत्कृष्ट सिनेमाटोग्राफी फिल्म 'द ब्रुटलिस्ट' का लागि लोल क्रलीले पाएका छन् ।

लाइभ एक्सन सर्ट फिल्मको ओस्कर अवार्ड फिल्म 'आई एम नट अ रोबोट'ले पाएको छ ।


यसैक्रममा उत्कृष्ट साउन्ड र भिजुअल इफेक्ट्सको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट २' ले पाएको छ ।

उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्मको अवार्ड 'नो अदर ल्यान्ड'ले पाएको छ भने उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड 'द ओन्ली गर्ल इन द अर्केस्ट्रा'ले पाएको छ । त्यस्तै, ओरिजिनल सङको ओस्कर अवार्ड फिल्म 'इमिलिया पेरेज'को गीत 'इल मल'ले पाएको छ ।

अभिनेता कीरन क्लकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् ।



उत्कृष्ट फिल्म सम्पादको अवार्ड फिल्म 'अनोरा'ले पाएको छ । सिन बेकरको फिल्म 'अनोरा'ले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड समेत पाएको छ ।

एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म 'कनक्लेभ'ले पाएको छ ।

उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्म 'द सब्सटेन्स'ले पाएको छ ।

यसअघिको घोषणाबाट फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

उत्कृष्ट प्रोडक्सन डिजाइन र कस्टुम डिजाइनको ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मस्तिष्कमा गम्भीर चोट भोगेका स्कटल्यान्डका एक व्यक्तिको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ तयार भएको छ । डेढ वर्षको मिहेनतपछि तयार भएको फिल्मलाई गणेश पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरले पुनः राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन ...
। फिल्म ‘सिनर्स’ की छायांकन निर्देशक (डीपी) अटम डुराल्ड अर्कापाउले अस्कर इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् । उनी उत्कृष्ट छायांकन (सिनेमाटोग्राफी)तर्फ अस्कर जित्ने पहिलो महिला बनेकी हुन् । फिलिपिनो र अफ्रिकन-अमेरिकन क्रियोल मूलकी अर्कापाउ यो अवार्ड जित्ने पहिलो महिला हुन् । यस विधाको इतिहासमा हालसम्म केवल तीन महिलाले मात्र मनोनयन पाएका थिए । सन् २०१८ मा ...
। अभिनेता माइकल बी. जोर्डनले फिल्म ‘सिनर्स’ बाट उत्कृष्ट अभिनेता विधामा सन् २०२६ को अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा उनले यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन् । ‘सिनर्स’मा जोर्डनले गहिरो मनोवैज्ञानिक द्वन्द्व र नैतिक संघर्षबाट गुज्रिरहेका पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्मको कथावस्तु मानव स्वभाव, अपराधबोध ...
। सलमान खान अभिनित आगामी युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन भएको छ । सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसको शीर्षक ‘मातृभूमि’ राखिएको जनाएका छन् । पोस्टसँगै उनले क्याप्सनमा ‘युद्धले शान्ति पाओस्’ भन्ने सन्देश लेख्दै ‘मातृभूमि’ ह्यासट्याग प्रयोग गरेका छन् । पोस्टमा सलमानले निर्देशक अपूर्व लाखिया, अभिनेत्री चित्रांगदा सिंह तथा यो फिल्म निर्माणमा ...
— अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जितेको छ । त्यस्तै 'सिनर्स'ले ४, 'फ्रान्केन्स्टाइन'ले २ र 'के-पप डिमन हन्टर्स'ले २ वटा अवार्ड हात पारेका छन् । उत्कृष्ट फिल्मको मनोनयनमा 'वान ब्याटल आफ्टर अनादर'सहित १० वटा फिल्म थिए । 'वान ब्याटल आफ्टर अनादर' ले 'बेस्ट फिल्म'सँगै 'बेस्ट कास्टिङ', 'बेस्ट ...