मुख्य समाचार
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा थप २५% कर लगाउने डोनाल्ड ट्रम्पको निर्णयलाई मूर्खतापूर्ण भएको बताए
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा थप २५% कर लगाउने डोनाल्ड ट्रम्पको निर्णयलाई मूर्खतापूर्ण भएको बताए

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा थप २५% कर लगाउने डोनाल्ड ट्रम्पको निर्णयलाई मूर्खतापूर्ण भएको बताएका छन्। उनले ट्रम्प एक चलाख व्यक्ति भए पनि यसो गर्नु धेरै मूर्खतापूर्ण भएको बताएका हुन्।


अमेरिका र क्यानडा दुई मित्रको लडाईं संसारभरका आफ्ना दुस्मनल हेर्न चाहेको उनले बताए।

ट्रुडोले भने, 'क्यानडाले विश्व व्यापार संगठन मार्फत अमेरिकी करलाई चुनौती दिनेछ।'



अमेरिकी करको प्रतिक्रियामा क्यानडाले पनि कर घोषणा गरेको छ। यसबारे क्यानडाका प्रधानमन्त्रीले जबसम्म अमेरिकाले कर फिर्ता लिँदैन, आफूले लगाएको कर पनि कर कायम रहने जनाएका छन्।

ट्रुडोले भने, 'ट्रम्प क्यानडाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त होस् भन्ने चाहन्छन्, किनभने त्यसो गर्दा उनलाई क्यानडालाई अमेरिकामा गाभ्न सजिलो हुनेछ। म तपाईंलाई भन्न चाहन्छु कि यो कहिल्यै हुने छैन। हामी कहिल्यै संयुक्त राज्य अमेरिकाको ५१ औं राज्य बन्ने छैनौं।'

ट्रम्पको कार्यले क्यानडाको अर्थतन्त्रलाई हानि पुर्‍याउन सक्ने उनले बताए। क्यानडाको अर्थतन्त्रमा प्रहार गर्ने कार्य ट्रम्पले पहिले नै सुरु गरेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...