मुख्य समाचार
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

— भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ । विराट कोहलीको उच्च प्रदर्शनप्रेरित भारतले मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो ।


२ सय ६५ रनको लक्ष्य पछ्याउनेक्रममा ३६ वर्षे कोहलीले ८४ रन बनाएका थिए । खेलको अन्त्यतिर उनी आउट भए पनि केएल राहुलले अविजित ४२ रन बनाएपछि भारतले दुबई अन्तर्राष्ट्रिय रंगशालामा ११ बलअघि नै २ सय ६७ रन बनाएको थियो ।


भारत लगातार तीन पटक फाइनल पुग्ने पहिलो टोली बनेको छ । यसअघि भारत २०१३ र २०१७ मा फाइनल पुगेको थियो । ८ वर्षयता च्याम्पियन्स ट्रफी पहिलो पटक आयोजना भएको हो । अस्ट्रेलियामाथि विजय हात पार्दै भारतले सन् २०२३ मा घरेलु भूमिमा एकदिवसीय विश्वकप फाइनलमा भोगेको पराजयको बदला पनि लिएको छ ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच बुधबार लाहोरमा हुने दोस्रो सेमिफाइनल विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल दुबईमा आइतबार हुनेछ ।



आठ राष्ट्र सहभागी प्रतियोगिताको आयोजनास्थल पाकिस्तान जान अस्वीकार गरेको भारतले आफ्ना खेल दुबईमा खेल्दै आएको छ । भारत फाइनल नपुगेको भए पाकिस्तानको लाहोरलाई फाइनलको वैकल्पिक खेलस्थलको रूपमा राखिएको थियो ।

शुभमन गिल ८ र कप्तान रोहित शर्मा २९ बलमा २८ रन बनाई आउट भए पनि कोहली र श्रेयस ऐरले तेस्रो विकेटमा ९१ रनको साझेदारी गरेर भारतलाई फाइनलतर्फ डोर्‍याएका थिए । ऐरले ६२ बल खेल्दै ३ चौकासहित ४५ रन बनाए । प्लेयर अफ द म्याच कोहलीले ९८ बल खेलेर ५ चौका प्रहार गरे । कोहली ५१ रनमा हुँदा ग्लेन म्याक्सवेलले क्याच छाड्नु अस्ट्रेलियाका लागि महङ्गो पर्‍यो ।



अक्षर पटेल २७ रनमा आउट भए । तर राहुल र हार्दिक पाण्ड्येले ३१ बलमा ३४ रन जोडेर भारतमाथिको दबाब हटाएका थिए । भारतलाई जितका लागि ६ रन आवश्यक हुँदा आउट भएका हार्दिकले २४ बल खेल्दै १ चौका र ३ छक्कासहित २८ रन बनाए । केएल राहुलले विजयी छक्का प्रहार गरे । उनले ३४ बल खेल्दै समान २ चौका र छक्का प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया ४९.३ ओभरमा २ सय ६४ रनमै अलआउट भयो । ट्राभिस हेडले तीव्र गतिमा ३९ रन बनाएपछि कप्तान स्टिभ स्मिथले ७३ र एलेक्स क्यारीले ६१ रन थपेका थिए । भारतबाट मोहम्मद सामीले ३, स्पिनरद्वय बरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २–२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...