मुख्य समाचार
नेपाली राष्ट्रिय पुरुष फु्टबल टिमको सहायक प्रशिक्षकको रुपमा सल्यान खड्गी नियुक्त
नेपाली राष्ट्रिय पुरुष फु्टबल टिमको सहायक प्रशिक्षकको रुपमा सल्यान खड्गी नियुक्त

: नेपाली राष्ट्रिय पुरुष फु्टबल टिमको सहायक प्रशिक्षकको रुपमा सल्यान खड्गी नियुक्त भएका छन्।


अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार खड्गीलाई प्रशिक्षक म्याट रोसको सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
उनीसँगै गोलकिपर प्रशिक्षकको रुपमा विनोद महर्जन नियुक्त भएका छन्। रमेश कुमार कार्कीलाई टिमको व्यवस्थापक तथा नकुल हमाल ठकुरीलाई सहायक व्यवस्थापकको जिम्मेवारी दिइएको छ। निशान्त जोशी टिमको फिजियो थेरपीस्टको रुपमा रहनेछन्।



उनीहरुलाई एन्फा महासचिव किरण राईले सम्झौता पत्र हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मिचेल स्टार्कको ५ विकेट तथा फाफ डुप्लेसको अर्धशतक मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो । १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर फाफ डुप्लेसीले ५० रन बनाउँदा जेक फ्रेजर मेगर्कले ३८ तथा ...
। अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले बेन्चबाट आएर उत्कृष्ट गोल गरेपछि मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले जित हासिल गरेको छ । आइतबार विहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले हराएको हो । वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले मैदान प्रवेश गरेको दुई मिनेटमै शानदार गोल गरेका थिए । खेलको सुरुवातमै मियामीले अग्रता लिएको ...
: हङकङमा आयोजना हुने चारदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। यस संकरण प्रधानमन्त्री कपमा चम्किएका किरण ठगुन्ना, रुपेश सिंह, अर्जुन घर्ती र दिपेन्द्र रावतले पनि प्रशिक्षणमा स्थान बनाएका छन्। शनिबार सम्पन्न भएको प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका ...
। केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले लेगानेसमाथि ३-२ को कठिन जित हात पारेको छ ।सुरुवाती अग्रता लिएको रियल एक पटक पछि परेपनि फेरि पुनरागमन गरेको थियो । एमबाप्पेले घरेलु मैदानमा ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै लेगानेसले दुई गोल फर्कायो । ...
। नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक स्टुअर्ट ललाई नेपालको पुरुष टिमको प्रशिक्षकमा नियुक्त गरेको छ । गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् विभिन्न प्रक्रियाहरू पूरा गर्दै स्टुअर्टको इन्ट्री भएको हो । ७० जना आवेदकमध्ये १० जनालाई सर्टलिस्ट गर्दै अन्तिम ...