मुख्य समाचार
बंगुरमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण भेटिएपछि फागुनभरी बंगुरको मासु बिक्री वितरणमा रोक
बंगुरमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण भेटिएपछि फागुनभरी बंगुरको मासु बिक्री वितरणमा रोक

: सुनसरीको दुहबी नगरपालिकामा बंगुरको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण भेटिएपछि फागुनभरी बंगुरको मासु बिक्री वितरणमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। उनले दुहबी क्षेत्रमा जिउँदो बंगुर पनि बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको बताए।


दुहबी नगरपालिका ९ र १० किसानहरूले पालेका बंगुरहरुमा अफ्रिकन स्वाइनफ्लु देखिएको डीएसपी योगराज खतिवडाले बताए। स्वाइन फिभर देखिएपछि दुहबी नगरपालिकाले स्थानीय प्रहरी प्रशासनका प्रतिनिधि राखेर बैठक बसि जिउँदो बंगुर र सुंगुर तथा मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको उनले बताए।

दुहबी एरियामा किसानले पालेका ३० वटा भन्दा बढी उन्नत जातका बंगुर मरेको पनि डीएसपी खतिवडाले बताए। उनले रोग लागेका बंगुरहरु बिक्री वितरण गर्दा अन्यत्र पनि यसको प्रकोप फैलन सक्ने भन्दै प्रहरी परिचालन गरि २४ सै घण्टा निगरानी बढाएर मासु बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको बताए।



नगरपालिकाका मेयर वेद नारायण गच्छदारका अनुसार स्थानीय किसानहरू आसनारायण चौधरी, गौरी सदा, बिक्रम चौधरी, सितल चन्द्र चौधरी लगायतले पालेका सुंगुर र बंगुरहरुमा अफ्रिकन स्वाइनफ्लु देखिएकाले यसको नियन्त्रणको प्रयास भइरहेको बताए।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर मेहताले बंगुर मर्न थालेपछि ल्याब टेष्ट गर्न काठमाडौं स्थित केन्द्रीय प्राविधिक ल्याब पठाउँदा अफ्रिकन स्वाइन फ्लु पुष्टि गरेको जानकारी दिए। उनले रोग लागेको स्थानहरूमा औषधि उपचारको काम भइरहेको बताए।

सक्रमण देखिएको स्थानमा प्रहरी सहितको पशु चिकित्सकहरुको टोली परिचालन गरि बंगुरको खोरहरुमा औषधि चर्कने र बंगुरहरूको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको मेहताले बताए। पीडित किसानहरूले अफ्रिकन स्वानफ्लुको नियन्त्रण र क्षतिपूर्ति दिन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण (सर्भाइकल क्यान्सर स्क्रिनिङ) मा सहभागीमध्ये ९० महिलामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ । महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या छ भन्ने जानकारी नै थिएन । 'संक्रमण पुष्टि भएका ९० जनामध्ये २५ जनामा एचपीभी भाइरस ...
। जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य ...
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम