मुख्य समाचार
अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश

: अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेको अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २६४ रन बनाएको थियो।


अष्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। भारतका लागि विराट कोहलीले सर्वाधिक ४ रनको पारी खेले। शुभमन गिल ८ रनमा बोल्ड आउट हुँदा कप्तान रोहित शर्माले २९ बलमा ३ चौका र १ छक्कासहित २ रन बनाए।

यस अय्यरले ४५, अक्षर पटेलले २७, हार्दिक पाण्ड्याले २८ रन बनाउँदा केएल राहुल ४२ रन र रविन्द्र जडेजा २ रनमा अविजित रहँदै भारतलाई जित दिलाएका हुन्।



एडम जाम्पा र नथान एलिसले समान २–२ विकेट लिए। वेन ड्वारसुइस र कोपर कोनोले १–१ विकेट लिए। त्यअघि ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा २६४ रन बनाउँदै अलआउट भयो।

अष्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रनको पारी खेले। उनले ९६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मार्नुसले २९ र एलेक्स क्यारीले ६१ रन बनाए। अन्य खेलाडीको भने ब्याटबाट राम्रो रन बन्न सकेन।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए। वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २–२ विकेट लिए। कुलदिप यादव र अक्षर पटेलले १–१ विकेट लिए। आज हुने न्युजिल्यान्ड र दक्षिण अफ्रिका बीच हुने खेलको विजेताले फाइनलमा भारतसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...