मुख्य समाचार
अष्ट्रेलियन ब्याटर स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्
अष्ट्रेलियन ब्याटर स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्

: अष्ट्रेलियन ब्याटर स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियन टिमको कप्तानी गरेका थिए । सेमिफाइनलमा भारतसँग पराजित भएपछि उनले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।


उनले अन्य २ फर्म्याटमा भने अष्ट्रेलियालाई प्रतिनिधित्व गर्नेछन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिए पनि टेष्ट र टी२० फर्म्याट भने खेल्ने छन् ।

३५ वर्षीय स्मिथले २०२७ को एकदिवसीय विश्वकपमा अष्ट्रेलियन टिममा देखिने छैनन् । ‘यो निकै उत्कृष्ट यात्रा रह्यो । २ वटा एकदिवसीय विश्वकप क्रिकेट करिअरको हाइलाइट नै रह्यो । उत्कृष्ट टिममेटहरुका साथमा रमाइलो रह्यो ।’ , उनले भने, ‘अब २०२७ को विश्वकपका लागि तयारी गर्ने समय हो । र मेरो निर्णय लिने पनि यो सही समय हो ।’



उनले अष्ट्रेलियन टिममा रहेर सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप जितेका थिए ।

स्मिथलृ अष्ट्रेलियाका लागि १७० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८ सय रन बनाउँदै २८ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको १०४ रनको विजय लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गरेको हो। मलेसियाको बाङ्गीस्थित युकेएम वाइएसडी वाइएसडी ओभरमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो। मलेसियाले दिएको लक्ष्य पूरा गर्न ...
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...