मुख्य समाचार
अमेरिकी राष्ट्रपतिले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्नो भाषणमा जेलेन्स्कीले आफूलाइ पत्र लेखेको उल्लेख
अमेरिकी राष्ट्रपतिले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्नो भाषणमा जेलेन्स्कीले आफूलाइ पत्र लेखेको उल्लेख

: ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको बहसपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता बन्द गरेको थियो। त्यसपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको नाममा पत्र लेखेका पत्र लेखेका थिए।


अमेरिकी राष्ट्रपतिले बुधबार अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्नो भाषणमा जेलेन्स्कीले आफूलाइ पत्र लेखेको उल्लेख गरेका हुन्। ट्रम्पले युक्रेनका राष्ट्रपतिबाट एउटा महत्त्वपूर्ण पत्र प्राप्त गरेको बताए। पत्रमा जेलेन्स्कीले रुससँग युद्ध अन्त्य गर्न वार्ता गर्ने इच्छा व्यक्त गरेका जनाइएको छ। ट्रम्पले उनको प्रशासनले रुसबाट शान्तिको लागि तयार रहेको संकेत पाएको बताएका छन्।

ट्रम्प प्रशासनले युक्रेनलाई सैन्य सहायता बन्द गरेको एक दिनपछि जेलेन्स्कीको पत्र आएको हो। आफ्नो भाषणमा जेलेन्स्कीको पत्र पढ्दै ट्रम्पले भने, 'युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको लागि तयार छ। युक्रेनका जनताले भन्दा बढी शान्ति अरू कसैले चाहँदैनन्।'



'दिगो शान्ति प्राप्त गर्न म र मेरो टोली राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार छौं। युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न संयुक्त राज्य अमेरिकाले गरेको कामको हामी साँच्चै कदर गर्छौं।', जेलेन्स्कीको पत्रमा थप भनिएको छ, ' खनिज र सुरक्षा सम्बन्धी सम्झौताको सन्दर्भमा, युक्रेन तपाईंको लागि कुनै पनि समयमा यसमा हस्ताक्षर गर्न तयार छ।'

ओभल अफिसमा ट्रम्पसँगको बहसको केही दिनपछि जेलेन्स्कीको यो पत्रले अमेरिकाप्रतिको उनको सोचमा आएको परिवर्तन देखाउँछ।

अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको भोलिपल्ट, जेलेन्स्कीले ट्रम्पसँगको आफ्नो भेटमा भएको बहसलाई दुर्भाग्यपूर्ण बताएका छन्। साथै युक्रेन युद्ध अन्त्य गर्न वार्ताको लागि आफू तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...