मुख्य समाचार
सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार
सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार

सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्। सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले उक्त प्रदर्शन गरेका हुन्।


सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेन्डा अनुमोदन गर्ने बित्तिकै केही विपक्षी नेता आफ्नो सिटबाट उठेर सभामुखको कुर्सीतिर दौडेका थिए।

उनीहरुले सदनमा धुवाँयुक्त ग्रेनेड फ्याँके जसले गर्दा सदन कालो धुवाँले भरिएको थियो। यस आक्रमणमा कम्तीमा ३ जना सांसद घाइते भएका जसमध्ये एक सांसदको अवस्था गम्भीर रहेको बीबीसी समाचारमा उल्लेख छ।



सर्बियाली संसदले मंगलबार देशका विश्वविद्यालयहरूको लागि कोष बढाउने कानून पारित गर्ने तय भएको थियो। यसका साथै प्रधानमन्त्री मिलोस भुसेभिकको राजीनामाको बारेमा पनि छलफल हुने तय भएको थियो। तर सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको एजेन्डामा रहेका अन्य मुद्दाहरूप्रति विपक्षीहरू आक्रोशित थिए। यसपछि उक्त घटना भएको हो।

१५ जनाको मृत्युपछि विरोध प्रदर्शन सुरु

नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो शहर नोभी सादमा रेलवे स्टेशनको छानाको एक भाग भत्किएको थियो। उक्त घटनामा १५ जनाको मृत्यु भएको थियो।

यो घटनापछि देशमा सरकारविरुद्ध प्रदर्शन सुरु भयो। हजारौं मानिसहरू सडकमा उत्रिएर यस घटनाको जवाफदेहिताको माग गर्न थाले।

निर्माण परियोजनाहरूमा भ्रष्टाचारका कारण बाल्कोनी भत्किएको मानिसहरूले आरोप लगाए। विरोधमा संलग्न विद्यार्थीहरूले हरेक दिन १५ मिनेट जनताको बाटो अवरुद्ध गर्थे।

यस विरोध प्रदर्शनमा विद्यार्थीहरूको ठूलो सहभागिता थियो। उनीहरूले हरेक दिन बिहान ११:५२ मा १५ मिनेटका लागि देशभर सवारी साधनको आवागमन रोक्ने गरेका थिए। सोही समयमा नै रेल्वे स्टेशनमा बाल्कोनी भत्किएको थियो। यसबाहेक देशका विश्वविद्यालयहरूमा पढाइ पनि रोकिएको थियो।

सर्बियामा लगभग ४ महिनादेखि विरोध प्रदर्शन भइरहेको छ।

गत वर्ष नोभेम्बर २४ मा विरोध प्रदर्शन तीव्र भयो। मानिसहरू काममा जान छाडे। जनताको आक्रोश बढ्दै गएको देखेर प्रधानमन्त्री भुसेभिकले देशमा तनाव अझ बढ्न नचाहेको भन्दै स्थिति शान्त पार्न आफ्नो पदबाट राजीनामा दिने बताएका थिए।

भुसेभिक मे २०२४ देखि सर्वियाको प्रधानमन्त्री रहेका छन्। यसअघि उनले उपप्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...
— थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई मंगलबार निलम्बन गरेको छ । पूर्वकम्बोडियाली नेता हुन सेनसँग भएको फोनवार्ता ‘लिक’ भएपछि सिनावात्रालाई पदबाट राजीनामा दिन चर्को दबाब परिरहेका बेला अदालतले निलम्बन गरेको छ । सिनावात्राले भने उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै मंगलबार जनतासमक्ष माफी मागेकी छन् । ‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने ...
— युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ पहल भइरहँदा इजरायली सेनाले सोमबार समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । इरानसँगको १२ दिने युद्धले विराम लिएपछि इजरायलको गाजासँगको लडाइँ पनि रोकिने सम्भावना बढेको हो । इजरायल–गाजाबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने ...
— संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ । विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भने, 'उत्तर गोलार्द्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने ...