मुख्य समाचार
अनुगमनका क्रममा दुईवटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द
अनुगमनका क्रममा दुईवटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द

: दर्ता नभई सञ्चालन गरिएको दुईवटा अस्पताल बन्द गरिएको छ। अनुगमनका क्रममा दुईवटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार तादी ४ सातविसेस्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रालि दर्ता नै नगरी सञ्चालन गरिएको पाइएपछि जरिवाना गरिनुका साथै तत्काल बन्द गरिएको छ।


सो अस्पताल सिल लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै पञ्चकन्या गापा २ सहरेटारमा रहेको माइलक डायनोस्टिक अस्पताल दर्ता नै नगरी सञ्चालन गरिएपछि बन्द गरिएको अधिकृत सापकोटाले जानकारी दिए।

संयुक्त बजार अनुगमन टोलीले मंगलबार नुवाकोटको पूर्वी भेगमा रहेको तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको विभिन्न बजारमा रहेका अस्पताल, किराना पसल, भेटेरिनरी तथा खाद्यान्न सप्लायर्सहरूको स्थलगत अनुगमन गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको नेतृत्वमा गएको संयुक्त टोलीले विभिन्न ११ वटा अस्पताल तथा पसलहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ।



संयुक्त बजार अनुगमन समितिद्वारा तादी गापा ३ खरानीटार, तादी ४ सातबिसे, दुप्चेश्वर ६ र पन्चकन्या गापा २ सहरेटार संयुक्त बजार अनुगमन गरिएको हो। टोलीले तीनवटा अस्पताल, चारवटा किराना तथा खाद्यान्न पसल, चारवटा भेटेरिनरी पसल अनुगमन गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण (सर्भाइकल क्यान्सर स्क्रिनिङ) मा सहभागीमध्ये ९० महिलामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ । महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या छ भन्ने जानकारी नै थिएन । 'संक्रमण पुष्टि भएका ९० जनामध्ये २५ जनामा एचपीभी भाइरस ...
। जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य ...
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम