मुख्य समाचार
चिनियाँ सामग्रीमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनमा बढायो कर
चिनियाँ सामग्रीमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनमा बढायो कर

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरुमा थप कर लगाएपछि चीनले त्यसको प्रतिक्रिया दिएको छ । अमेरिकी करको बदलमा चीनले पनि अमेरिकी कृषि उत्पादनहरुमा १० देखि १५ प्रतिशतसम्म कर लगाएर प्रतिकार गरेको छ ।



साथै चीनले अमेरिकासँग कुनै पनि प्रकारको युद्ध लड्न तयार रहेको घोषणा गरेको छ । यदि अमेरिकाले युद्ध चाहेको हो भने कर युद्ध, व्यापार युद्ध वा अन्य जुनसुकै प्रकारको युद्ध लड्न आफू तयार रहेको चीनले चेतावनी दिएको छ ।

अमेरिकास्थित चिनियाँ दूतावासले बुधबार सामाजिक सञ्जालमा सरकारी विज्ञप्तिको एक लाइन पुनः पोस्ट गर्दै यस्तो चेतावनी दिएको हो । ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेयता चीनबाट यो अहिलेसम्मकै सबैभन्दा बलियो उद्घोष हो ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
चाहियो
Teachers wanted Math-Science For grade 4-9 & above Email: [email protected] HamroSunshine, Boudha,KTM

सम्पर्क: 9802016141
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
अब मात्र २०० रुपैयाँमा विज्ञापन पोस्ट गर्नुहोस् – फागु पूर्णिमा उत्सव अफर!

सबै हेर्नुहोस्
बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू वार्षिक राष्ट्रिय जन कंग्रेसको लागि भेला हुँदा यो प्रतिक्रिया आएको हो । बुधबार मात्रै चीनका प्रधानमन्त्री ली छियाङले आफ्नो देशको रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...