मुख्य समाचार
अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई सय भारतीय रुपैयाँ जरिवाना तोक्दै १४ अप्रिलसम्म अदालतमा हाजिर हुन निर्देशन
अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई सय भारतीय रुपैयाँ जरिवाना तोक्दै १४ अप्रिलसम्म अदालतमा हाजिर हुन निर्देशन

— उत्तर प्रदेशको लखनऊ अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई सय भारतीय रुपैयाँ जरिवाना तोक्दै १४ अप्रिलसम्म अदालतमा हाजिर हुन निर्देशन दिएको छ ।


सन् २०२२ मा महाराष्ट्रको अकोलामा वीर सावरकरविरुद्ध विवादित बयान दिएको उनीमाथि आरोप छ । यसबारे गत जुनमा लखनऊ अदालतमा राहुलविरुद्ध रिट दायर भएको थियो ।


लगातार पेशीका लागि बोलाइए पनि उनी उपस्थित नभएपछि अदालतले जरिवाना तोकेको हो । रिटमा राहुलले सावरकरलाई ‘अंग्रेजको नोकर’ र ‘पेन्सन लिनेवाला’ भनेको आरोप छ ।

अदालतले आगामी सुनुवाइमा उपस्थित नभएमा गैर जमानतको वारेन्ट जारी हुनसक्ने बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्दपि यो पहिलोपटक भने होइन ।


राहुलविरुद्ध झारखण्डको चाइबासा अदालतले गत वर्ष गैर जमानती वारेन्ट जारी गरेको थियो । त्यसबेला गृहमन्त्री अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...
— थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई मंगलबार निलम्बन गरेको छ । पूर्वकम्बोडियाली नेता हुन सेनसँग भएको फोनवार्ता ‘लिक’ भएपछि सिनावात्रालाई पदबाट राजीनामा दिन चर्को दबाब परिरहेका बेला अदालतले निलम्बन गरेको छ । सिनावात्राले भने उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै मंगलबार जनतासमक्ष माफी मागेकी छन् । ‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने ...
— युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ पहल भइरहँदा इजरायली सेनाले सोमबार समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । इरानसँगको १२ दिने युद्धले विराम लिएपछि इजरायलको गाजासँगको लडाइँ पनि रोकिने सम्भावना बढेको हो । इजरायल–गाजाबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने ...
— संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ । विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भने, 'उत्तर गोलार्द्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने ...