मुख्य समाचार
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह

— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह गरेका छन् ।


दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटकपटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न परिषद्‌लाई आग्रह गरेका हुन् ।


दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखि १० सम्म हुने तय भएको छ । पटकपटक मिति सरेपछि आजको बैठकमा मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने धारणा राखेका हुन् ।

'अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्योभन्दा पर जान सक्ने स्थिति छैन,' उनले भने । प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माण लगायतका कामलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने भनाइ राखे ।


प्रतियोगिताका लागि निर्देशिका बनाउन खेलकुद मन्त्रालयले समन्वय नगरेको उनले बताए । ‘प्रदेश सरकार पनि सामेल हुने निर्देशिका रहेछ, निर्देशिका बनाउँदा हामीलाई पनि सामेल गराएको भए अझ राम्रो हुने थियो, तर जे बनाउनु भएको छ त्यसमा हाम्रो जिम्मेवारी पूरा गछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लिभरपुलको लगातार दुई बराबरीपछि यो पहिलो जित हो । नयाँ प्रशिक्षक एन्डोनी इराओलाको लागि पनि लिगमा यो पहिलो जित हो र यो जितले राहत मिलेको छ । गत वर्ष कीर्तिमान १२५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका इसाकले ...
। किलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल हुँदा रियल मड्रिड स्पानिस ला लिगामा शुक्रबार राती रियल बेटिससँग १-० ले पराजित भएको छ । एक गोलले पछि परेको स्थितीमा रियलले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टी पाएको थियो । तर एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । बेटिसका लागि ट्रोय पाराटले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी ...
। संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण हुने भएको छ । आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । लिगमा नेपालिज क्रिकेट क्लब, जीसीडी ...
: सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई २५–२१, २५–२१, २३–२५, २५–२१ को सेटमा पराजित गर्‍यो। सगरमाथाका अइमल खान ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए। उनले उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी ...
। नेपाल ए क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमा अलआउट भयो । नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए । मयन यादवले २० तथा दीपक डुम्रेले ...