मुख्य समाचार
गृह मन्त्रालयले सात सहसचिवको सरुवा तथा पदस्थापन गरे
गृह मन्त्रालयले सात सहसचिवको सरुवा तथा पदस्थापन गरे

— गृह मन्त्रालयले सात सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबार मन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृहमन्त्रालय तानेर नुवाकोटसहित ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोकेको हो ।


जसअनुसार लामो समयदेखि रिक्त रहेका ओखलढुंगा र खोटाङले पनि सीडीओ पाएका छन् ।


ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ भने खोटाङमा नरहरि घिमिरेलाई खटाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीको पदस्थापन भएको छ ।

त्यस्तै, रौतहटको सीडीओमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेल र नुवाकोटको सीडीओमा शशीधर घिमिरेलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संसद्लाई छलेर अध्यादेशमार्फत गरिएको संवैधानिक निकायका ५२ पदाधिकारीको विवादास्पद नियुक्तिविरुद्धको बहसमा अधिवक्ताहरूले संविधान र लोकतन्त्रको घेराबाहिर कार्यकारीले गरेको कुनै पनि निर्णय न्यायिक पुनरावलोकनको विषय हुने र त्यसलाई अदालतले सच्याउनुपर्ने विधिशास्त्रको वकालत गरेका छन् । विवादित नियुक्तिविरुद्ध परेका रिटहरूमाथि संवैधानिक इजलासले गरेको दोस्रो सुनुवाइमा बुधबार बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘तत्कालीन प्रधानमन्त्रीले आफूलाई सजिलो र ...
— प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक चाँडो सदनमा पेस गर्ने बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा बिहीबार यहाँ आयोजित ‘नेपालमा प्रभावकारी जल सुशासनका लागि एकीकृत नदी बेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा उनले पूर्वाधार विकास समितिमा छलफलका क्रममा रहेको जलस्रोत विधेयक दुई हप्ताभित्र टुङ्गो लगाएर सदनमा पेस गर्ने ...
— नेपाल बार एसोसियसनको २७औं कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको समय घर्किनै लाग्दा सत्तारुढ दल कांग्रेस-एमालेनिकट कानुन व्यवसायी उम्मेदवार चयन गर्न सकेका छैन । बिहीबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय छ । कांग्रेस र एमालेनिकट कानुन व्यवसायी संगठन डेमोक्रेटिक लयर्स एसोसियसन(डीएलए) र प्रोग्रेसिभ लयर्स एसोसियसन(पीएलए)ले साझा उम्मेदवार उठाउने सहमति भए पनि अहिलेसम्म उम्मेदवार टुंगो लगाउन ...
— तुलसीपुरमा जुवाको खालबाट बिहीबार ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का २९ वर्षीय अमर रेउले, ४५ वर्षीय भक्तबहादुर वली, ३८ वर्षीय शरन श्रेष्ठ, ३० वर्षीय राजु राईनी र तुलसीपुर-१ का ३९ वर्षीय हिमाल खराल छन् । यसैगरी तुलसीपुर–९ का ३० वर्षीय आशीष चन्द, ३९ वर्षीय कमल बिक, तुलसीपुर–१५ का ३४ ...
— सरोकारवालाले दलित समुदायका लागि संविधानले व्यवस्था गरेका हक र अधिकार तथा सशक्तिकरणका कार्यक्रमहरू कानून बनाएर यथासक्य चाँडो कार्यान्वयन गर्न माग गरेका छन् । संविधान र कानूनले जातीय भेदभाव र छुवाछुतलाई अपराध मानेपनि अहिले पनि सिंहदरबारभित्रै र सिंहदरबारबाटसमेत दलित समुदायबाट अन्याय भइरहेको वक्ताहरूको भनाइ छ। लामो संघर्षपछि दलित समुदायको अधिकारका सवालमा केही हदसम्म संविधानले सम्बोधन गरेको, ...