— तुलसीपुरमा जुवाको खालबाट बिहीबार ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का २९ वर्षीय अमर रेउले, ४५ वर्षीय भक्तबहादुर वली, ३८ वर्षीय शरन श्रेष्ठ, ३० वर्षीय राजु राईनी र तुलसीपुर-१ का ३९ वर्षीय हिमाल खराल छन् ।
यसैगरी तुलसीपुर–९ का ३० वर्षीय आशीष चन्द, ३९ वर्षीय कमल बिक, तुलसीपुर–१५ का ३४ वर्षीय सन्देश रेग्मी, ४० वर्षीय वामदेव विष्ट, शान्तिनगर–४ का ३३ वर्षीय अर्जुन शाही र सल्यानको बागचौर नगरपालिका-१२ का ५४ वर्षीय भिमबहादुर वली रहेका जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई तुलसीपुर-९ रामनगरका कमल विकको घरमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख १६ हजार ८ सय रूपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले शाहले बताए ।