मुख्य समाचार
पीएसजीको घरमा लिभरपुलको जित
पीएसजीको घरमा लिभरपुलको जित

— लिभरपुलले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेको छ । ब्राजिली गोलरक्षक एलिसनले शृंखलाबद्ध बचाउ गरेपछि लिरभपुल विजयी रहेको हो । उसका लागि निर्णायक गोल भने हार्भे इलिटले ८७ औं मिनेटमा गरे ।


एलिसनले यस जितमा आफ्नो प्रदर्शन खेल जीवनकै सबैभन्दा उत्कृष्ट रहेको बताए । अन्य खेलमा बार्सिलोना, बायर्न म्युनिक र इन्टर मिलान विजयी रहे । म्युनिकमा भएको खेलमा बायर्नले दस खेलाडीमा सीमित बायर लेभरकुजनलाई ३–० ले हरायो र त्यसमा ह्यारी केनले दुई गोल गरे । यस्तै, एक गोल जमल मुसियलाको नाममा रह्यो ।


बार्सिलोनाले भने आफै १० खेलाडीमा सीमित रहेर बेनफिकालाई १–० ले हराएको हो । पाहुना टिम बार्सिलोनाका लागि राफिन्हाले ६१ औं मिनेटमा एक गोल गोल गरे । इन्टरले भने फायनउडमाथि २–० को जित रच्यो । मार्कस थुरामले ३८ औं मिनेटमा पहिलो गोल गरेपछि लउटारो मार्टिनेजले ५० औं मिनेटमा दोस्रो गोल थपे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लिभरपुलको लगातार दुई बराबरीपछि यो पहिलो जित हो । नयाँ प्रशिक्षक एन्डोनी इराओलाको लागि पनि लिगमा यो पहिलो जित हो र यो जितले राहत मिलेको छ । गत वर्ष कीर्तिमान १२५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका इसाकले ...
। किलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल हुँदा रियल मड्रिड स्पानिस ला लिगामा शुक्रबार राती रियल बेटिससँग १-० ले पराजित भएको छ । एक गोलले पछि परेको स्थितीमा रियलले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टी पाएको थियो । तर एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । बेटिसका लागि ट्रोय पाराटले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी ...
। संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण हुने भएको छ । आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । लिगमा नेपालिज क्रिकेट क्लब, जीसीडी ...
: सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई २५–२१, २५–२१, २३–२५, २५–२१ को सेटमा पराजित गर्‍यो। सगरमाथाका अइमल खान ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए। उनले उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी ...
। नेपाल ए क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमा अलआउट भयो । नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए । मयन यादवले २० तथा दीपक डुम्रेले ...