मुख्य समाचार
दीपकबहादुर सिंहले जलस्रोत विधेयक चाँडो सदनमा पेस गर्ने बताएका छन्
दीपकबहादुर सिंहले जलस्रोत विधेयक चाँडो सदनमा पेस गर्ने बताएका छन्

— प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक चाँडो सदनमा पेस गर्ने बताएका छन् ।


जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा बिहीबार यहाँ आयोजित ‘नेपालमा प्रभावकारी जल सुशासनका लागि एकीकृत नदी बेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा उनले पूर्वाधार विकास समितिमा छलफलका क्रममा रहेको जलस्रोत विधेयक दुई हप्ताभित्र टुङ्गो लगाएर सदनमा पेस गर्ने बताएका हुन् ।


'जलस्रोत विधेयक यस क्षेत्रका विज्ञसँग छलफल गरी अन्तिम रूप दिन लागेका छौँ, दुई हप्ताभित्रै विधेयक सदनमा पेस गर्छौँ,' उनले भने ।

सभापति सिंहले उपत्यकाका ढुङ्गेधाराहरु सुक्दै गएकामा चिन्ता व्यक्त गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले एकीकृत जलस्रोतको अवधारणालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।


उनले जलस्रोतको संरक्षण र उचित प्रयोगका लागि नदी बेसिन कार्यालय स्थापना गरेर सरकार अगाडि बढिरहेको बताए । संघीय संरचनामा पानीको बाँडफाँड महत्त्वपूर्ण भएको सचिव दवाडीको भनाई थियो ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भटुवालले देशको प्रमुख स्रोतका रूपमा रहेको जलस्रोतको प्रभावकारी प्रयोगका लागि नदी बेसिन योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

आयोगले पानीको समुचित प्रयोगका लागि कर्णालीको तल्लो भेरी सबबेसिन र बागमतीको रोशी सबबेसिन क्षेत्रको अध्ययन गर्न लागेको छ । कार्यक्रममा एसियाली विकास बैँकका देशीय निर्देशक अर्नाउड काउकोइच र विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले जलस्रोत क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि दातृ निकायको साथ र सहयोग सधैँ रहने बताए ।



कार्यक्रममा जलस्रोत विकास संस्थाका अध्यक्ष बालकृष्ण प्रसाईँले जलवायु परिवर्तनका कारण पानीको संकट चुलिँदै गएकाले यसको संरक्षणका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संसद्लाई छलेर अध्यादेशमार्फत गरिएको संवैधानिक निकायका ५२ पदाधिकारीको विवादास्पद नियुक्तिविरुद्धको बहसमा अधिवक्ताहरूले संविधान र लोकतन्त्रको घेराबाहिर कार्यकारीले गरेको कुनै पनि निर्णय न्यायिक पुनरावलोकनको विषय हुने र त्यसलाई अदालतले सच्याउनुपर्ने विधिशास्त्रको वकालत गरेका छन् । विवादित नियुक्तिविरुद्ध परेका रिटहरूमाथि संवैधानिक इजलासले गरेको दोस्रो सुनुवाइमा बुधबार बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘तत्कालीन प्रधानमन्त्रीले आफूलाई सजिलो र ...
— नेपाल बार एसोसियसनको २७औं कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ताको समय घर्किनै लाग्दा सत्तारुढ दल कांग्रेस-एमालेनिकट कानुन व्यवसायी उम्मेदवार चयन गर्न सकेका छैन । बिहीबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय छ । कांग्रेस र एमालेनिकट कानुन व्यवसायी संगठन डेमोक्रेटिक लयर्स एसोसियसन(डीएलए) र प्रोग्रेसिभ लयर्स एसोसियसन(पीएलए)ले साझा उम्मेदवार उठाउने सहमति भए पनि अहिलेसम्म उम्मेदवार टुंगो लगाउन ...
— तुलसीपुरमा जुवाको खालबाट बिहीबार ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ का २९ वर्षीय अमर रेउले, ४५ वर्षीय भक्तबहादुर वली, ३८ वर्षीय शरन श्रेष्ठ, ३० वर्षीय राजु राईनी र तुलसीपुर-१ का ३९ वर्षीय हिमाल खराल छन् । यसैगरी तुलसीपुर–९ का ३० वर्षीय आशीष चन्द, ३९ वर्षीय कमल बिक, तुलसीपुर–१५ का ३४ ...
— सरोकारवालाले दलित समुदायका लागि संविधानले व्यवस्था गरेका हक र अधिकार तथा सशक्तिकरणका कार्यक्रमहरू कानून बनाएर यथासक्य चाँडो कार्यान्वयन गर्न माग गरेका छन् । संविधान र कानूनले जातीय भेदभाव र छुवाछुतलाई अपराध मानेपनि अहिले पनि सिंहदरबारभित्रै र सिंहदरबारबाटसमेत दलित समुदायबाट अन्याय भइरहेको वक्ताहरूको भनाइ छ। लामो संघर्षपछि दलित समुदायको अधिकारका सवालमा केही हदसम्म संविधानले सम्बोधन गरेको, ...
— नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए । उनले गोरखा भर्ती केन्द्रका ...