मुख्य समाचार
अस्ट्रेलियाका पाँच सहरमा आइतबारदेखि नेपाल महोत्सव आयोजना हुँदै
अस्ट्रेलियाका पाँच सहरमा आइतबारदेखि नेपाल महोत्सव आयोजना हुँदै

— अस्ट्रेलियाका पाँच सहरमा आइतबारदेखि नेपाल महोत्सव आयोजना हुँदैछ । दक्षिण अस्ट्रेलियाबाट सुरु हुने महोत्सवमा नेपाली सांगितिक समूह 'कन्दरा'ले करिब एक दशकपछि प्रस्तुति दिने भएको छ ।


प्रवासी नेपालीको संगठन एनआरएनएले नेपाल महोत्सवको आयोजना गर्ने गरेको छ । यसपहिले सिड्नी, पर्थ र डार्विनमा नेपाल महोत्सव सम्पन्न भइसकेको छ । दक्षिण अस्ट्रेलियाको एडिलेडबाट सुरु हुने नेपाल महोत्सव ब्रिसबनमा गएर टुंगिनेछ ।


सबै महोत्सवमा 'कन्दरा'ले प्रस्तुति दिने तय भएको छ । 'कन्दरा'का मुख्य गायक विवेक श्रेष्ठसहितको टोलीले यहाँका पाँचवटै राज्यलाई नेपाली संगीतमय बनाउनेछन् । कन्दराले सन् २०१६ मा आयोजना गरिएको नेपाल महोत्सवका क्रममा विभिन्न सहरमा सांगितिक प्रस्तुति दिएका थिए ।

अस्ट्रेलियामा झन्डै दुई दशकदेखि नेपाल महोत्सव हुँदै आएको छ । नेपाली कला संस्कृति र पर्यटनको प्रवर्धन, भेषभूषा, संगीत र खानाको स्वाद दिलाउने उद्देश्यले नेपाल महोत्सवको आयोजना गरिँदै आएको छ ।


यही आइतबार एडिलेडको पर्यटकीय सहर एल्डर्स पार्कबाट सुरु हुने महोत्सव मेलबर्नको फेडेरेसन स्क्वायर, क्यानबेराको स्टेज ८८ कमनवेल्थ पार्क, होर्बाटको पार्लियामेन्ट हाउस लन र ब्रिसबनको किङ जर्ज स्क्वायरमा अप्रिलको ६ तारिखमा सम्पन्न हुने एनआरएनएका प्रवक्ता बविन मिश्रले जानकारी दिएका छन् ।

महोत्सवलाई नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन प्रत्येक महोत्सवमा नेपाल हाउसको स्थापना गरिनेछ भने नेपालको संस्कृति, भेषभूषा तथा परम्पराको जानकारी दिन सांस्कृतिक परेडको आयोजना हुनेछ । एडिलेडमा यही आइतबार हुने नेपालको महोत्सवको व्यवस्थापनको संयोजन गरिरहेका विनोद बानियाँ महोत्सवको माध्यमबाट यहाँका बहुसांस्कृतिक समुदायलाई नेपालको बारेमा थप जानकारी मिल्ने बताउँछन् ।

‘नेपाल महोत्सवले नेपाल र नेपालीको प्रवर्धन गर्ने मात्र हैन कि यहाँको बहुसांस्कृतिक समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,’ बानियाँले भने । आइतबार हुने महोत्सवको सबै तयारी पूरा भएको र १० हजार बढीले सहभागिता जनाउने उनले विश्वास व्यक्त गरे ।



महोत्सवका लागि राज्य सरकारले समेत उल्लेख्य सहयोग गरेको छ । एनआरएनए राज्यका संयोजक संजय पुरीले यस वर्ष दक्षिण अस्ट्रेलिया सरकारले करिब ३३ हजार डलर सहयोग गरेको र अन्य रकम प्रायोजन, स्टल लगायतका माध्यमबाट संकलन गरिएको जानकारी दिए । १ लाख ५० हजार डलर खर्च हुने अनुमान गरिएको महोत्सवमा नेपाली राजदूतका साथै राज्य तथा केन्द्रका मन्त्री तथा सांसदको उपस्थित हुने पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...
: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्। गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो। राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ...
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...