मुख्य समाचार
अस्ट्रेलियाका पाँच सहरमा आइतबारदेखि नेपाल महोत्सव आयोजना हुँदै
अस्ट्रेलियाका पाँच सहरमा आइतबारदेखि नेपाल महोत्सव आयोजना हुँदै

— अस्ट्रेलियाका पाँच सहरमा आइतबारदेखि नेपाल महोत्सव आयोजना हुँदैछ । दक्षिण अस्ट्रेलियाबाट सुरु हुने महोत्सवमा नेपाली सांगितिक समूह 'कन्दरा'ले करिब एक दशकपछि प्रस्तुति दिने भएको छ ।


प्रवासी नेपालीको संगठन एनआरएनएले नेपाल महोत्सवको आयोजना गर्ने गरेको छ । यसपहिले सिड्नी, पर्थ र डार्विनमा नेपाल महोत्सव सम्पन्न भइसकेको छ । दक्षिण अस्ट्रेलियाको एडिलेडबाट सुरु हुने नेपाल महोत्सव ब्रिसबनमा गएर टुंगिनेछ ।


सबै महोत्सवमा 'कन्दरा'ले प्रस्तुति दिने तय भएको छ । 'कन्दरा'का मुख्य गायक विवेक श्रेष्ठसहितको टोलीले यहाँका पाँचवटै राज्यलाई नेपाली संगीतमय बनाउनेछन् । कन्दराले सन् २०१६ मा आयोजना गरिएको नेपाल महोत्सवका क्रममा विभिन्न सहरमा सांगितिक प्रस्तुति दिएका थिए ।

अस्ट्रेलियामा झन्डै दुई दशकदेखि नेपाल महोत्सव हुँदै आएको छ । नेपाली कला संस्कृति र पर्यटनको प्रवर्धन, भेषभूषा, संगीत र खानाको स्वाद दिलाउने उद्देश्यले नेपाल महोत्सवको आयोजना गरिँदै आएको छ ।


यही आइतबार एडिलेडको पर्यटकीय सहर एल्डर्स पार्कबाट सुरु हुने महोत्सव मेलबर्नको फेडेरेसन स्क्वायर, क्यानबेराको स्टेज ८८ कमनवेल्थ पार्क, होर्बाटको पार्लियामेन्ट हाउस लन र ब्रिसबनको किङ जर्ज स्क्वायरमा अप्रिलको ६ तारिखमा सम्पन्न हुने एनआरएनएका प्रवक्ता बविन मिश्रले जानकारी दिएका छन् ।

महोत्सवलाई नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन प्रत्येक महोत्सवमा नेपाल हाउसको स्थापना गरिनेछ भने नेपालको संस्कृति, भेषभूषा तथा परम्पराको जानकारी दिन सांस्कृतिक परेडको आयोजना हुनेछ । एडिलेडमा यही आइतबार हुने नेपालको महोत्सवको व्यवस्थापनको संयोजन गरिरहेका विनोद बानियाँ महोत्सवको माध्यमबाट यहाँका बहुसांस्कृतिक समुदायलाई नेपालको बारेमा थप जानकारी मिल्ने बताउँछन् ।

‘नेपाल महोत्सवले नेपाल र नेपालीको प्रवर्धन गर्ने मात्र हैन कि यहाँको बहुसांस्कृतिक समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,’ बानियाँले भने । आइतबार हुने महोत्सवको सबै तयारी पूरा भएको र १० हजार बढीले सहभागिता जनाउने उनले विश्वास व्यक्त गरे ।



महोत्सवका लागि राज्य सरकारले समेत उल्लेख्य सहयोग गरेको छ । एनआरएनए राज्यका संयोजक संजय पुरीले यस वर्ष दक्षिण अस्ट्रेलिया सरकारले करिब ३३ हजार डलर सहयोग गरेको र अन्य रकम प्रायोजन, स्टल लगायतका माध्यमबाट संकलन गरिएको जानकारी दिए । १ लाख ५० हजार डलर खर्च हुने अनुमान गरिएको महोत्सवमा नेपाली राजदूतका साथै राज्य तथा केन्द्रका मन्त्री तथा सांसदको उपस्थित हुने पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...