मुख्य समाचार
युगान्डामा हुने महिला टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान
युगान्डामा हुने महिला टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान

— युगान्डामा हुने महिला टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । मूलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को मुख्यालयमा सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरे ।


मार्च ८ देखि १६ सम्म हुने शृंखलामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ । डबल राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपालले मार्च ८ मा नामिबियासँग पहिलो खेल खेल्नेछ ।


मार्च ९ मा युगान्डासँग खेल्ने नेपालले हङकङसँग मार्च १० मा खेल्ने तालिका छ । अर्को चरणमा नेपालले नामिबियासँग मार्च १२ मा, युगान्डा १३ मा र हङकङसँग १४ मा खेल्नेछ ।

इन्दु बर्माको कप्तानीमा नेपाली टोली रहेको छ । १४ सदस्यीय टोलीमा सना प्रविन र रिया शर्माले सिनियर टोलीमा पहिलो पटक स्थान पाएका छन् । अन्य खेलाडीमा रुबिना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, एलिसाकुमारी यादव (विकेटकिपर) छन् ।


नेपालले गत महिना घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको शृंखला खेलेको थियो । सन् २०२६ मा महिला टी–२० विश्वकप क्रिकेट हुनेछ । त्यसका लागि यही वर्ष छनोट प्रतियोगिता हुनेछ । एसिया क्षेत्रको छनोट मे महिनामा हुनेछ । त्यसकै तयारीस्वरुप यो शृंखला खेल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सका सञ्चालक उत्सव सिग्देलले जनकपुर बोल्ट्स र ड्रीम स्पोर्ट्स प्रालिबाट आफू सम्पूर्ण सञ्चालन तथा व्यवस्थापकीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा सिग्देलले आफू तत्काल प्रभावबाट दुवै संस्थाको दैनिक सञ्चालन, प्रशासन, वित्तीय निर्णय, खेलाडी तथा कर्मचारी व्यवस्थापन र ...
। लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा रोहित पौडेलले अविजित २४ रन बनाए । त्यसअघि ...
: नेपाल भलिबल लिग (एनभिएल)को पहिलो संस्करणको दोस्रो दिन काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले जित दर्ता गरेका‌ छन्। काठमाडौंले मधेस वरियर्सलाई पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो। काठमाडौंसँग हार्दै मधेसले दोस्रो हार बेहोर्यो। त्यस्तै, सगरमाथाले भने लगातार दोस्रो जित दर्ता गरेको छ। सगरमाथाले पहिलो खेल खेलेको खप्तड फाल्कन्सलाई सोझो सेटमा पराजित गरेको हो। राष्ट्रिय ...
। एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लिभरपुलको लगातार दुई बराबरीपछि यो पहिलो जित हो । नयाँ प्रशिक्षक एन्डोनी इराओलाको लागि पनि लिगमा यो पहिलो जित हो र यो जितले राहत मिलेको छ । गत वर्ष कीर्तिमान १२५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका इसाकले ...
। किलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न असफल हुँदा रियल मड्रिड स्पानिस ला लिगामा शुक्रबार राती रियल बेटिससँग १-० ले पराजित भएको छ । एक गोलले पछि परेको स्थितीमा रियलले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टी पाएको थियो । तर एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । बेटिसका लागि ट्रोय पाराटले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनी ...