मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले हमासलाई अन्तिम चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले हमासलाई अन्तिम चेतावनी

: युक्रेनसँगको सम्बन्ध चिसिएको अवस्थाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका छन्। उनले बन्धक गराइएकाहरूलाई बिना शर्त रिहा गर्न हमासलाई चेतावनी दिएका हुन्। गाजालाई स्वतन्त्र बनाउने लडाइँ अन्तिम चरणमा पुगेको बताउँदै यसका लागि इजरायललाई आवश्यक पर्ने सबै खालको सहयोगको प्रबन्ध गरिएको समेत राष्ट्रपति ट्रम्पले बताए। गाजा छाड्नका लागि यो अन्तिम समय हो, हमासलाई चेतावनी दिँदै ट्रम्पले भनेका छन्।


हमासबाट बन्धक बनाइएका मध्ये रिहा भएका ८ जनासँगको भेटपछि ट्रम्पले सबै बन्धकको रिहाइ र मारिएकाहरूको शव फिर्ता गर्न हमासलाई चेतावनी दिँदै अन्यथा परिणाम सही नहुने स्पष्ट धारणा दिएका छन्।

हमासलाई चेतावनी दिनुअघि अमेरिकाले आन्तरिक रूपमा मध्यपूर्वमा रहेका सहयोगी देशहरूसँग छलफलसमेत गरेको स्रोतलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।



बन्धक बनाइएका सबैलाई अहिले नै रिहा गर्नुहोस्, पछि होइन, तपाईंले हत्या गरेका मानिसहरूको शवहरू तुरुन्त फिर्ता गर्नुहोस्, इजरायलाई आफ्नो काम पूरा आवश्यक पर्ने सबै कुरा पठाउँदै छु। यदि तपाईंले मैले भनेजस्तो गर्नुभएन भने एकजना सदस्य पनि सुरक्षित हुनुहुने छैन। हमासलाई चेतावली दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत भनेका छन्।

तर, हमासले भने प्रतिक्रियामा प्यालेस्टानियन कैदी बन्धकहरूको बदलामा इजरायलका बन्धकहरूलाई मात्र छाडिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जनवरी १९ मा अमेरिकाको पहलमा इजिप्ट र कतारको मध्यस्थतामा गाजामा अस्थायी रूपमा युद्धविराम भएको छ। ट्रम्पको पछिल्लो धारणाले इजरायललाई स्थायी युद्धविरामका लागि तयार नहुनका लागि प्रोत्साहित गराएको पनि हमासले आरोप लगाएको छ। गाजालाई लिएर प्यालेस्टाइन र इजरायलबीच युद्ध हुँदै आएको छ। हमासले प्यालेस्टाइनलाई सहयोग गरिरहेको छ। हमास आफ्नै लडाकु रहेको संगठन हो।

यता, युक्रेनलाई सैन्य सहायता, सहयोगसँगै गुप्तचरी सूचना आदान÷प्रदानसमेत अमेरिकाले रोकेको छ। युक्रेनलाई युद्धबिरामका लागि दबाब दिने उद्देश्यसहित राष्ट्रपति ट्रम्पले सहयोगी हात झिकेका छन्। ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहमतिका लागि अटेर गरे युद्धको क्रममा आ श्रय लिनका लागि अमेरिकामा रहेका करिब २ लाख ४० हजार युक्रेनीलाई युक्रेन पठाउने तयारीमा ट्रम्प रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाले हात झिकेको केही घण्टाको अन्तरालमा रुसबाट युक्रेनमा विभिन्न भागमा आक्रमण भएका समाचारहरू पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेको छ। पछिल्लो पटक अमेरिकाको भ्रमणमा आएका युक्रेनी राष्ट्रपतिसँगको वार्ता परिणाममुखी नभएपछि राष्ट्रपति ट्रम्प झन् आक्रोशित देखिएका छन्। युद्धबिरामका लागि तयार हुन र सहमतिमा आउन राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई भन्दै आएका छन्। मंगलबार अमेरिकी कंग्रेसमा सम्बोधन गर्ने क्रममा जेलेन्स्की सहमतिका लागि तयार भएको र छिट्टै अमेरिका आउने इच्छासहित पत्र पठाएको राष्ट्रपति ट्रम्पले बताएका थिए।

उता, राष्ट्रपति ट्रम्पले भन्सार दर बढाएसँगै क्यानडा, मेक्सिको र चीनसँग व्यापारिक असमझदारी बढेको छ। क्यानडामा अमेरिकी उत्पादनमा प्रयोगमा कमी आइरहेको र विभिन्न सपिङ मलहरूमा अमेरिकी उत्पादनहरू हटाउन थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। मेक्सिकोले समेत भन्सार दर बढाउने जनाएको छ, खासगरी मेक्सिकोबाट खाद्यान्नहरू अमेरिका भित्रने गर्दछ। चीनले अमेरिकाले जसरी नीति बनाउँछन् त्यही अनुरूपको व्यवहार गरिने जनाएको छ। कंग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी स्वामित्वमा ल्याउने भनी दिएको भनाइलाई लिएर पनि अन्तर्राष्ट्रिय रूपमा चर्चा परिचर्चा भइरहेको छ।

घानामा अस्ताए डागी

अमेरिकाले अवैध रूपमा बसिरहेकाहरूलाई पक्राउ गरी देश निकाला गर्ने क्रम तीव्र पारिरहेको छ। अदालतले अन्तिम फैसला सुनाउँदै अमेरिका छाड्न निर्देशन दिएकाहरू देश निकाला गरिने सूचीको पहिलो नम्बरमा छन्। तिनीहरूको खोजी, पक्राउ र निकालाको काम डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीअन्तर्गतका निकायहरूले धमाधम गरिरहेका छन्। मेक्सिको अमेरिकी सीमामा समेत कडाइ गरिएको छ। सीमामा सैनिकहरूको उपस्थितिसमेत बाक्लो बनाइएको छ। जसले गर्दा अवैधानिक रूपमा मेक्सिकोबाट अमेरिका छिर्ने दरमा समेत कमी आएको छ।

अवैधानिक रूपमा बसिरहेका नेपालीहरूसमेत पक्राउ परी नेपाल फर्काइएका छन्। पछिल्लो पटक ८ जनालाई नेपालमै लगेरसमेत छाडिएको थियो। अमेरिकामा अवैधानिक रूपमा बसेकाहरूको खोजी, पक्राउ र देश निकाला तीव्र पारिए पनि नेपालीहरूले पैदलमार्ग मार्फत मेक्सिको बोर्डर बाट आउने प्रयास भने जारी नै राखेका छन्। स्रोतका अनुसार मेक्सिकोले समेत अहिले कडाई गरिरहँदा मेक्सिको आउनुअघि पर्ने दक्षिण अमेरिकी मुलुक र सेन्ट्रल अमेरिकी मुलुकहरूमा अमेरिकाका लागि हिडेका नेपालीहरू दलालमार्फत आ श्रय लिइरहेका छन्। डंकी रुटमार्फत कतिपय नेपालीहरू दक्षिण अमेरिकी मुलुकको भिसा लगाउनका लागि दुबईमा कुरेर बसेका छन्। दुबईवाट दक्षिण अमेरिकी मुलुक ब्राजिल वा चिलीको भिसा लगाई त्यहाँबाट मेक्सिकोको भिसा लगाउने पहिलो प्रयास हुने र मेक्सिकोको लाग्न नसके मेक्सिकोसग सीमा जोडिएका सेन्ट्रल अमेरिकी मुलुहकहरूको भिसा लगाई त्यहाँसम्म हवाई मार्ग प्रयोग गरी त्यसपछि बस, डुंगादेखि पैदलै पैदल अमेरिका मेक्सिको बोर्डरसम्मको यात्रा अघि बढाउने गरिएको स्रोतले जनाएको छ।

यसैबीच, डंकीरुटमार्फत अमेरिका आउने चाहना पालेर हिडेका एक नेपालीको घानामा मृत्यु भएको छ। दाङका ३८ वर्षीय पूर्णबहादुर डागीको घानामा मृत्यु भएको र उनको शव घानाको आक्रामा रहेको एक अस्पतालमा रहेको एनआरएनए घानाका अध्यक्ष विकास सुवेदीले बताए। डागी रोजगारीका लागि मलेसियामा रहेका उनी त्यहाबाट फर्किएपछि करिब ३ वर्षअघि डाँगी अमेरिका जान भन्दै घरबाट हिँडेका थिए। उनका शवलाई नेपाल पठाउनका लागि पहल भइरहेको घानासमेत हेर्ने इजिप्टस्थित दूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...
: पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। सजाय सुनाइएकाहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ। मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो। यसले गर्दा देशभर हिंसात्मक विरोध प्रदर्शन भएका थिए। बिहीबार भएको यो निर्णयलाई इमरान खानको पार्टी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा रहेको विशाल तेल भण्डार विकास गर्न अमेरिका र पाकिस्तानबीच सम्झौता भएको बताएका छन्। आफ्नो सामाजिक सञ्जालमा जारी गरिएको सन्देशमा ट्रम्पले अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौता गरेको बताएका हुन्। यसअन्तर्गत दुवै देशले पाकिस्तानको ठूलो तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्। उनले भने, 'हामी हाल यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनौट गर्ने ...
— दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ । युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ...
— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती ...