मुख्य समाचार
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेवियामा वार्ता हुने
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेवियामा वार्ता हुने

: युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेवियामा वार्ता हुने बताएका छन्।


जेलेन्स्कीले उक्त बैठक महत्त्वपूर्ण हुने आशा पनि व्यक्त गरेका छन्।

जेलेन्स्की खाडी देशमा हुने भएकोले यी वार्ताहरूमा भाग नलिने जनाएका छन्। उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि "ढाँचा" मा छलफल गर्न चाहेको बताए।

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो। जसको क्रममा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको बताएका थिए।

त्यस विवादपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ । साथै गोप्य जानकारी युक्रेनलाई दिन पनि बन्द गरेको छ।

युक्रेनी राष्ट्रपतिले उक्त विवादप्रति दु:ख व्यक्त गरेका छन्। उनी हाल देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।

बिहीबार विटकफले ट्रम्पले जेलेन्स्कीबाट "माफी" र "कृतज्ञता" सहितको पत्र प्राप्त गरेको बताए।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो। अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत रुसी नियन्त्रणमा छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...
: पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। सजाय सुनाइएकाहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ। मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो। यसले गर्दा देशभर हिंसात्मक विरोध प्रदर्शन भएका थिए। बिहीबार भएको यो निर्णयलाई इमरान खानको पार्टी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा रहेको विशाल तेल भण्डार विकास गर्न अमेरिका र पाकिस्तानबीच सम्झौता भएको बताएका छन्। आफ्नो सामाजिक सञ्जालमा जारी गरिएको सन्देशमा ट्रम्पले अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौता गरेको बताएका हुन्। यसअन्तर्गत दुवै देशले पाकिस्तानको ठूलो तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्। उनले भने, 'हामी हाल यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनौट गर्ने ...
— दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ । युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ...
— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती ...