मुख्य समाचार
डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी
डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी

: डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ।


चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, 'चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारदेखि चीनमाथि १०% नयाँ कर लगाउने घोषणा गरेका छन्। यसअघि पनि फेब्रुअरीको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १०% कर लगाएका थिए।



केही दिन भित्रै अमेरिकाले चिनियाँ सामानहरूमा कुल २०% लेवी (कर) लगाएको छ।

ट्रम्पको कदम लगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनहरूमा फेब्रुअरीमा जस्तै १० देखि १५% सम्मको भन्सार शुल्क लगाएको छ।

चीन अमेरिकी मकै, गहुँ र भटमास जस्ता धेरै उत्पादनहरूको सबैभन्दा ठूलो बजार हो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...
: पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। सजाय सुनाइएकाहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ। मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो। यसले गर्दा देशभर हिंसात्मक विरोध प्रदर्शन भएका थिए। बिहीबार भएको यो निर्णयलाई इमरान खानको पार्टी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा रहेको विशाल तेल भण्डार विकास गर्न अमेरिका र पाकिस्तानबीच सम्झौता भएको बताएका छन्। आफ्नो सामाजिक सञ्जालमा जारी गरिएको सन्देशमा ट्रम्पले अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौता गरेको बताएका हुन्। यसअन्तर्गत दुवै देशले पाकिस्तानको ठूलो तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्। उनले भने, 'हामी हाल यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनौट गर्ने ...
— दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ । युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ...
— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती ...