मुख्य समाचार
ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्
ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्।


ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै लेखेका छन्, 'यदी हमासले मेरो कुरा मानेनन् भने म इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउँछु। हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।'

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो खबर आएको हो।

ट्रम्पले बन्धकहरूलाई रिहा गरिएन भने हमासले यसको ठूलो मूल्य चुकाउने बताएका छन्। उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भन्ने कुरा भने स्पष्ट पारेका छैनन्।

उनले आफ्नो पोस्टमा थप भनेका छन्, 'सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन। मारेकाहरूको शव तुरुन्तै फिर्ता गर नत्र सबै कुरा सकिन्छ। यो अन्तिम चेतावनी हो। हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ।'

ट्रम्पको उक्त पोस्ट ह्वाइट हाउसमा हालै युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो।

बुधबार गाजा बन्धकहरूको मुद्दामा कतारको राजधानी दोहामा अमेरिका र हमासबीच प्रत्यक्ष वार्ता भएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छन्। उनले वार्ता अघि इजरायलसँग पनि परामर्श गरिएको बताएकी थिइन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पनि यस कुराको जानकारी दिएको छ। इजरायली अधिकारीहरूले गाजामा अझै पनि लगभग २४ जना जीवित बन्धक रहेको बताएका छन्। यसमा एक अमेरिकी नागरिक, एडेन अलेक्ज्याण्डर पनि समावेश छन्। यी बाहेक कम्तिमा ३५ अन्य व्यक्तिहरू पनि समावेश रहेका उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...