मुख्य समाचार
ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्
ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्।


ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै लेखेका छन्, 'यदी हमासले मेरो कुरा मानेनन् भने म इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउँछु। हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।'

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो खबर आएको हो।

ट्रम्पले बन्धकहरूलाई रिहा गरिएन भने हमासले यसको ठूलो मूल्य चुकाउने बताएका छन्। उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भन्ने कुरा भने स्पष्ट पारेका छैनन्।

उनले आफ्नो पोस्टमा थप भनेका छन्, 'सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन। मारेकाहरूको शव तुरुन्तै फिर्ता गर नत्र सबै कुरा सकिन्छ। यो अन्तिम चेतावनी हो। हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ।'

ट्रम्पको उक्त पोस्ट ह्वाइट हाउसमा हालै युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो।

बुधबार गाजा बन्धकहरूको मुद्दामा कतारको राजधानी दोहामा अमेरिका र हमासबीच प्रत्यक्ष वार्ता भएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छन्। उनले वार्ता अघि इजरायलसँग पनि परामर्श गरिएको बताएकी थिइन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पनि यस कुराको जानकारी दिएको छ। इजरायली अधिकारीहरूले गाजामा अझै पनि लगभग २४ जना जीवित बन्धक रहेको बताएका छन्। यसमा एक अमेरिकी नागरिक, एडेन अलेक्ज्याण्डर पनि समावेश छन्। यी बाहेक कम्तिमा ३५ अन्य व्यक्तिहरू पनि समावेश रहेका उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...