मुख्य समाचार
नेपाली महिला टिममा हाल नयाँ अनुहारहरूको परीक्षण
नेपाली महिला टिममा हाल नयाँ अनुहारहरूको परीक्षण

: नेपाली महिला क्रिकेट टिम वुमन्स डे कप २०२५ खेल्न तर्फ प्रस्थान गरिसकेको छ। नेपाली महिला टिममा हाल नयाँ अनुहारहरूको परीक्षण भइरहेको छ।


यू१९ टिम र घरेलु क्रिकेटतर्फ राम्रो गरिरहेका क्रिकेटरलाई हाल टिममा मौका दिइएको छ। साना प्रविन मधेश प्रदेशबाट घरेलु क्रिकेटमा नाम बनाएकी ब्याटर हुन्। उनी प्रधानमन्त्री कप, तथा ललितपुर मेयर कपमा पनि राम्रो प्रदर्शन गरिरहेकी खेलाडी हुन्। त्यस्तै रिया शर्मा पनि कोशी प्रदेशबाट प्रधानमन्त्री कप र यू१९ टिमकी प्रमुख बलर हुन्।

साना प्रविन



विरगञ्जमा जन्मिएकी साना यू १९ टिमकी ओपनर ब्याटरको रुपमा टिमसँग रहेकी थिइन्। उनी मधेश प्रदेशबाट खेल्दा कति खेलमा म्याच विनर बन्ने खेलाडी हुन्। उनी टिमलाई चाहिएको जसरी प्रदर्शन देखाउन सक्ने खेलाडी हुन्। इनिङ्स विल्ड गर्दै टिमलाई लिएर जाने क्षमता सानामा छ।

उनले २०२२ को विश्वकप छनोटदेखि हाल एसिया कप र यू१९ विश्वकप खेलिसकेकी छिन्। उनले सोही अनुभव र क्षमताले नेपाली सिनियर टिममा पनि राम्रो प्रभाव छोड्न सक्छिन्।

रिया शर्मा

त्यस्तै, रिया शर्मा कोशी प्रदेशको उत्पादन हुन्। उनी दायाँ हाते लेग ब्रेक स्पिनर हुन्। रियाले हाल सिनियर टिममा पहिलो पटक मौका बनाएकी हुन्।

प्रधानमन्त्री कपमा कोशी प्रदेशका लागि प्रदर्शन गर्ने यी बलरले यू१९ टिममा मौका बनाएकी हुन्। उनले यू१९ एसिया कप र यू१९ विश्वकप खेलिन्।

उनले बन्द प्रशिक्षणमा पनि अन्य बलर भन्दा राम्रो प्रदर्शन गर्दै अन्तिम १४ मा स्थान बनाएकी हुन्।

प्रदर्शनमा सुधारको अपेक्षा

हाल टिममा सिनयर र जुनियर खेलाडीको समिश्रण रहेको छ। सिनियर खेलाडी सीता राना मगर र कविता कुँवर चोटका कारण बाहिर रहँदा हाल टिममा आधा सिनियर खेलाडी र आधा जुनियर खेलाडीको समिश्रण रहेको छ।

नेपालले गत महिनामात्रै त्रिदेशीय सिरिज खेलेको थियो। जसका कारण नेपालले सुधार गर्नु पर्ने पक्षहरुमा राम्रो तयारी गरेको युगान्डा जानु अघि कप्तान र प्रशिक्षकले बताए।

विशेष गरि पछिल्लो २ वर्ष यता नेपाली महिला टिमको फिटनेसमा धेरै प्रश्नहरु उठिरहेका थिए। त्यसका लागि क्यानले भारतीय फिटनेस ट्रेनर मोनिकालाई टिममा ल्याएको छ। हाल टिममा फिटनेस र फिल्डिङमा सुधार भएको कप्तान इन्दु बर्माले बताइन्। ‘हाम्रो फिटनेस र फिल्डिङमा सुधार भएको छ। हामी यस पटक अघिल्लो सिरिज भन्दा राम्रो गर्नेछौं र जितेर फर्कने छौं।’

त्यस्तै, प्रशिक्षक मनोज कटुवालले पनि टिममा युवा खेलाडी थपिँदा प्रतियोगिता जितेर फकर्ने विश्वास व्यक्त गरे, ‘यस पटक टिममा युवा खेलाडीहरु पनि आएका छन्। फिटनेस ट्रेनर पनि आउनु भएको छ। जसले गर्दा हामी प्रतियोगिता जितेर फकर्ने अपेक्षा छ।’ कटुवालले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...