मुख्य समाचार
फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा
फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा

। यही फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी क्लबहरुमा आरसिटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड व्वाइज क्लब, व्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लव, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बांसवारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती यूथ क्लब, वीरगंज युनाइटेड क्लव, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन् ।




सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको खेलहरु त्रिप्रेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाले तीन महिना बी डिभिजन लिग सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । तर क्लबहरुले भने लिग चाँडै सकाउन माग गरेका थिए । एन्फा प्रवक्ता शाहले बि डिभिजन लिग २०८२ साल जेठ २५ गतेसम्म गर्ने भनेर निर्णय गरेको बताए ।




‘क्लबले चाँडै सकाउने प्रस्ताव गर्नुभाको थियो तर हामी पटक-पटक छलफल गरेर यसअघि निकालेको खेल तालिका अनुसार नै सञ्चालन हुनेछ’ प्रवक्ता शाहले भने । लामो समयपछि बी डिभिजन लिग आयोजना हुन लागेको हो ।

बी डिभिजन लिगको विजेताले १५ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १० लाख र तेस्रो हुनेले ५ लाख पाउनेछन् । यसैगरी फेयर प्ले टिमले १ लाख पाउनेछ भने उत्कृष्ट खेलाडीले पनि १ लाख हात पार्नेछ ।

उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार पाउनेछन् भने हरेक खेलको प्लेअर अफ दि म्याचले ७ हजार ५०० पाउनेछ । यस्तै हरेक खेलको विजेता टोलीले थप २५ हजार पाउनेछ भने बराबरी भए दुवै टिमले १०-१० हजार पाउनेछ ।

लिगको कूल बजेट ३ करोड, ९३ लाख १ हजार ८१४ रुपैयाँ रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगिताको मार्केटिङ्ग, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई प्रदान गरिसकिएको छ ।

यसअघि नै एमडीएसीले ए, बी र सी डिभिजन लिगको अधिकार किनेको थियो । त्यही अनुसार नै बी डिभिजनको मार्केटिङ्ग, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई नै दिईएको प्रवक्ता शाहले बताए ।

प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ रु १०० र भीआइपी पारापिटतर्फ रु ३०० तय गरिएको छ। त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ रु १०० कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए ।

बी डिभिजन लिगको शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछ भने पूछारको दुई टोली घटुवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...