मुख्य समाचार
अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या
अमेरिकामा भारतीय विद्यार्थीको गोली हानी हत्या

: अमेरिकामा बुधबार भारतीय विद्यार्थीको गोली हानी हत्या गरिएको छ। अमेरिकाको विस्कॉन्सिनमा भारतको तेलंगानाका विद्यार्थी प्रवीण कुमार (२७) को गोली हानी हत्या गरिएको जनाइएको हो।


बी.टेक पूरा गरेर थप अध्यनका लागि प्रवीण २०२३ मा अमेरिका गएका थिए। प्रवीणका केही साथीहरूले उनको शरीर गोलीले छेडिएको अवस्थामा फेला परेको बताए।

उनको मृत्यु कसरी भयो भन्ने बारेमा कुनै पनि आधिकारिक तथ्य बाहिर नआएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। लुटपाटको प्रयासमा उनको हत्या भएको आशंका गरिएको छ।



प्रवीण विस्कॉन्सिनको मिलवाकीमा एमएस गरिरहेका थिए। बुधबार बिहान अमेरिकी अधिकारीहरूले उनको मृत्युको बारेमा उनको परिवारलाई जानकारी गराएका छन्।

अज्ञात आक्रमणकारीहरूले प्रवीण गम्पाको निवास नजिकै गोली चलाएको बताइएको छ।

गम्पाका बुबा राघवुलुले बुधबार बिहान आफ्नो छोराको ह्वाट्सएपमा कल आएको तर उक्त कल उठाउन छुटेको बताए। जब राघवुलुले फोन गरे एक अपरिचित व्यक्तिले आफ्नो छोराको फोन फेला पारेको दाबी गर्दै जवाफ दिएका थिए। परिवारले केही गडबड भएको शंका गरे। उनीहरूको डर चाँडै सत्यमा परिणत भयो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ । योसँगै पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय एसएनसीएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत कार्यको क्रममा रातभर ‘रेलमार्गको बीचमा’ विस्फोट नभएको बम फेला परेको बताएको छ । स्थानीय सञ्चारमाध्यमका रिपोर्टअनुसार, यो बम सेन्ट-डेनिस क्षेत्रको ...
दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तीले सर्वसाधारणमाथि आठ बम खसालेको बताएको छ। यस घटनामा सात जना घाइते भएका छन् जसमध्ये चार जनाको गम्भीर रहेको बीबीसी समाचारमा उल्लेख छ। दक्षिण कोरियाली वायुसेनाको KF-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समय अनुसार बिहान १०:०४ बजे उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन सहरमा भएको थियो। दुर्घटनावश खसेका आठवटा बममध्ये ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो 'अन्तिम चेतावनी' हुने बताएका छन्। ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै लेखेका छन्, 'यदी हमासले मेरो कुरा मानेनन् भने म इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउँछु। हमासका एक जना पनि सदस्य ...
: डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, 'चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं।' अमेरिकी राष्ट्रपति डोनाल्ड ...
: युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेवियामा वार्ता हुने बताएका छन्। जेलेन्स्कीले उक्त बैठक महत्त्वपूर्ण हुने आशा पनि व्यक्त गरेका छन्। जेलेन्स्की खाडी देशमा हुने भएकोले यी वार्ताहरूमा भाग नलिने जनाएका छन्। उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी ...