मुख्य समाचार
फागुन २६ र २७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने
फागुन २६ र २७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने

: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी फागुन २६ र २७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ।


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले उत्पादन र उत्पादकत्व विस्तार र आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।

आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई मूर्त रूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ। स्वेशमा नै रोजगारी सिर्जनाका साथै वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरूको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले जानकारी दिए।



देशमा रोजगारी नभएकाले विदेश जानुपरेको भाष्यलाई चिर्दै स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको उनले बताए। सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञलगायत पाँच सय जनाको सहभागिता रहने मन्त्रालयले जनाएको छ। सम्मेलनमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरूको स्टलमार्फत समेत श्रम तथा रोजगारसम्बन्धी सूचना र जानकारी दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राजावादीको प्रदर्शनका कारण त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरूको प्रदर्शन भएपछि यात्रुहरूलाई सास्ती भएको हो। त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रुहरू गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन्। यात्रुलाई विदाई गर्न गएका र लिन गएका आफन्तहरूलाई समेत प्रहरीले सडक छेउको गेटैमा रोकेको छ। प्रदर्शनका ...
: मकवानपुर प्रहरीले जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ ।पक्राउ परेका सातै जना किशारहरु हेटौंडा उपमहानगरपालिका भित्रैकै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गत माघ ६ गते बिहान करिब ८:३० बजे हेटौडा उपमहानगरपालिका -२ स्थित वनस्खण्डी मन्दिरभन्दा माथि जंगलमा जबरजस्ती करणी गरेको उजुरी बुधबार पीडित युवतीले दिएपछि उनीहरूलाई ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रीकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमबाट खाद्यान्न, तरकारी, फलफूललगायत कृषिउपजको उत्पादन वृद्धि भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको तुलनामा दुई लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेट्रिक ...
: राष्ट्रियसभा सदस्यहरूले राजावादीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले संविधान विपरीत राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरूले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे। संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न ...
: मोरङको मिक्लाजुङमा बिजुलीको पोलमुनि मरेको अवस्थामा फेला परेको बाख्रो तान्ने क्रममा करेन्ट लागेर आइतबार दिउँसो एक युवतीको मृत्यु भएको छ। मिक्लाजुङ गाउँपालिका–१ चित्रेकी १८ वर्षीया अनामिका राईको मृत्यु भएको हो। अनामिकाको बाख्रो शनिबारदेखि नै हराएको थियो। चराउन लगेको बाख्रो हराएपछि हजुरबुवा धनवीर राईलाई लिएर उनी खोज्न निस्किन्। हराएको बाख्रो खोजी गर्दै जाने क्रममा बिजुलीको ...