मुख्य समाचार
उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छ : प्रधानमन्त्री
उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छ : प्रधानमन्त्री

। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अबको शिक्षा प्रतिस्पर्धात्मक र उद्यमशीलता सिर्जना गर्ने खालको नभए मुलुक नै पछि पर्ने बताए ।




‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन । त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह समेत गरे । मानवतावादको मूल ध्येय बोकेर अहिलेका विद्यार्थीहरूले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।




‘अब पुँजीवाद र समाजवादका बहस गरिरहनु पर्दैन, सबैभन्दा ठूलो मानवतावाद हो’, प्रधानमन्त्री ओलीले भने ।

मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्रिम बौद्धिकतायुक्त प्रविधि र सृजनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन हुनु चिन्ताजनक अवस्था रहेको बताए ।

‘आज उच्च शिक्षाका लागि देशका कर्णधारहरू विदेशी विश्वविद्यालयमा पुगेको अवस्था छ,’ उनले भने, ‘व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तीलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको छ ।’

शिक्षा केवल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग भएकाले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम काम गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।

कर्णालीबारे बोल्दै उनले कर्णालीका मानिसहरू महाभारत युद्धमा लड्न गएको उल्लेख गरे ।

‘यहाँका मान्छेले जहाँ छोयो, त्यही छेड पार्थे । यहाँको सभ्यताको लामो इतिहास छ । आजको हिसाबले पनि कर्णाली तेल खानी भएको प्रदेश हो । जडीबुटीको खानी हो । प्रयोगबारे खोज अनुसन्धान गर्न बाँकी नै छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णालीले प्रतियोगिताको पहिलो जित हात पारेको छ। कर्णालीका बायाँ हाते स्पिनर दीपेन्द्र रावतले सुदूरको ब्याटिङ धरापमा पारेका हुन्। उनले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चिएर ७ विकेट लिएका हुन्। लमही क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले १५५ रन बनाएको थियो। कर्णालीले दिएको १५६ ...
: नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटको मात्रै नभई देशको विकासमा महत्वपूर्ण रहेको छहरे–टोखा सुरुङमार्ग अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपालको पूर्वाधार विकासबाट नेपाली नागरिकहरू सक्षम हुँदै गइरहेको समेत बताए। बट्टार बजारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै डा. महतले नुवाकोट र रसुवाको मात्रै नभई देशकै ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने उनको जिकिर छ ...
: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको यान्त्रीकरण तथा व्यावसायीकरणका विभिन्न कार्यक्रमबाट खाद्यान्न, तरकारी, फलफूललगायत कृषिउपजको उत्पादन वृद्धि भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धानको उत्पादन गत वर्षको तुलनामा दुई लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेट्रिक ...
: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी फागुन २६ र २७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले उत्पादन र उत्पादकत्व विस्तार र आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो। आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई ...