मुख्य समाचार
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णालीले प्रतियोगिताको पहिलो जित
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णालीले प्रतियोगिताको पहिलो जित

: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णालीले प्रतियोगिताको पहिलो जित हात पारेको छ।


कर्णालीका बायाँ हाते स्पिनर दीपेन्द्र रावतले सुदूरको ब्याटिङ धरापमा पारेका हुन्। उनले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चिएर ७ विकेट लिएका हुन्। लमही क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले १५५ रन बनाएको थियो।

कर्णालीले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूर २१ ओभरमा ७६ रन बनाउँदै अलआउट भयो। सुदूरपश्चिम प्रदेशका लागि खडक बोहोराले सर्वाधिक २७ रन बनाए। उनले २५ बलमा ३ चौका प्रहार गरे। ओपनर टेक रावत ६ रनमा सीमित भए। किरण ठगुन्नाले र कप्तान शेर मल्लले समान १३ रन बनाए। शेर मल्ल १३ रनमा अविजित रहे।



कर्णालीका लागि दिवान पुनले २ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ७१ रन बनाए। उनले ९४ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। शीर्ष क्रम नचल्दा मध्यक्रममा अर्जुनले राम्रोसँग क्रिज सम्हाले। दिनेश अधिकारीले १७ रन बनाए। कप्तान दिवान पुनले १२ रन बनाए। त्यसबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरका लागि हेमन्त धामीले सर्वाधिक ४ विकेट लिए। नारायण जोशीले २ विकेट लिँदा शेर मल्ल, मिलान बोहोरा र भोज राज भट्टले समान १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको कालिमाटी ढलमा फसेका एक जनालाई प्रहरीले उद्धार गरेको छ। आज बिहान काठमाडौं महानगरपालिका-२० कालिमाटी कनप पेट्रोल पम्प नजिकै रहेको ढलबाट अन्दाजी ३५ वर्षका एक जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ। null प्रहरीका अनुसार उनलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालयले उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर पठाएको छ। उनको पहिचान खुल्न बाँकी रहेको ...
। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल ...
: खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन गरेको छ । एक वर्षदेखि पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर नफर्किएका उनलाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो । कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ ...
: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो। रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन्। जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै ...
रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै