मुख्य समाचार
बिजुलीको पोलमुनि मरेको बाख्रो तान्दा करेन्ट लागेर युवतीको मृत्यु
बिजुलीको पोलमुनि मरेको बाख्रो तान्दा करेन्ट लागेर युवतीको मृत्यु

: मोरङको मिक्लाजुङमा बिजुलीको पोलमुनि मरेको अवस्थामा फेला परेको बाख्रो तान्ने क्रममा करेन्ट लागेर आइतबार दिउँसो एक युवतीको मृत्यु भएको छ।


मिक्लाजुङ गाउँपालिका–१ चित्रेकी १८ वर्षीया अनामिका राईको मृत्यु भएको हो। अनामिकाको बाख्रो शनिबारदेखि नै हराएको थियो। चराउन लगेको बाख्रो हराएपछि हजुरबुवा धनवीर राईलाई लिएर उनी खोज्न निस्किन्।

हराएको बाख्रो खोजी गर्दै जाने क्रममा बिजुलीको पोलमुनि मरिरहेको भेटियो। मरेको बाख्रोलाई तान्ने क्रममा अचानक करेन्ट लागेर अनामिकाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार अनामिकाकै बारी हुँदै लगिएको १२ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको पोलको ‘ब्यारेल’ भाँचिएर विद्युत ‘लिक’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



‘पोलबाट ‘लिक’ भएको करेन्टले बाख्रो मरेको रहेछ। बाख्रोलाई तान्न खोज्दा युवतीको पनि ज्यान गएको पत्ता लाग्यो,’ जोशीले भने। मृत बाख्रोलाई तान्ने क्रममा अनामिकालाई दिउँसो १:३० बजेतिर करेन्ट लागेको उनको भनाइ छ।

अनामिकालाई करेन्ट लागेपछि उनलाई जोगाउन हजुरबुवा धनवीर पनि पुगेका थिए। हजुरबुवा भने सकुशल छन्। ‘नातिनीलाई जोगाउन जाँदा हजुरबुवालाई पनि सामान्य करेन्ट लागेछ। तत्काल जोगिन सकेकाले अर्को दुर्घटना हुन पाएन,’ जोशीले भने।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोली भर्खरै घटनास्थल पुगेको छ। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाने प्रहरीको तयारी छ। जोशीले घटनाको थप अनुसन्धान सुरु गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको कालिमाटी ढलमा फसेका एक जनालाई प्रहरीले उद्धार गरेको छ। आज बिहान काठमाडौं महानगरपालिका-२० कालिमाटी कनप पेट्रोल पम्प नजिकै रहेको ढलबाट अन्दाजी ३५ वर्षका एक जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ। null प्रहरीका अनुसार उनलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालयले उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर पठाएको छ। उनको पहिचान खुल्न बाँकी रहेको ...
। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल ...
: खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन गरेको छ । एक वर्षदेखि पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर नफर्किएका उनलाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो । कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ ...
: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो। रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन्। जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै ...
रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै