: मकवानपुर प्रहरीले जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ ।पक्राउ परेका सातै जना किशारहरु हेटौंडा उपमहानगरपालिका भित्रैकै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गत माघ ६ गते बिहान करिब ८:३० बजे हेटौडा उपमहानगरपालिका -२ स्थित वनस्खण्डी मन्दिरभन्दा माथि जंगलमा जबरजस्ती करणी गरेको उजुरी बुधबार पीडित युवतीले दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीवार हेटौंडा उपमहानगरपालिकाभित्र विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्धामा ५ दिनको म्याद अनुमति लिई प्रहरीले अनुसन्धान कार्य गरिरहेको जनाएको छ । यस्तै प्रहरीले सोही मुद्दामा शुक्रबार थप २ जना आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको समेत जनाएको छ । उक्त घटनामा पक्राउ परेका सातैजना आरोपित किशोरहरु १८ वर्षभन्दा मुनिका रहेका छन्।