: राजावादीको प्रदर्शनका कारण त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरूको प्रदर्शन भएपछि यात्रुहरूलाई सास्ती भएको हो। त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रुहरू गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन्।
यात्रुलाई विदाई गर्न गएका र लिन गएका आफन्तहरूलाई समेत प्रहरीले सडक छेउको गेटैमा रोकेको छ। प्रदर्शनका कारण विमानस्थल वरपरको सडकसमेत अवरुद्ध भएको छ। जसका कारण सो क्षेत्र भएर आवातजावत गर्ने सर्वसाधारण प्रभावित भएका छन्।
राजावादीको भीड बढेपछि ट्राफिक प्रहरीले तीनकुने देखि गौशाला क्षेत्रमा यातायात डाइभर्सन गरेको छ भने अन्य स्थानमा ट्राफिक जाम भएको छ।