मुख्य समाचार
देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताए
देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताए

: नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले महिलालाई अधिकार दिने कुरामा नेपाल अरु देशभन्दा धेरै अगाडि रहेको बताएका छन्। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कांग्रेस महिला विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अरु देशमा अझै पनि महिलाहरुले अधिकार नपाइरहेको अवस्थामा नेपाल भने महिलाहरूलाई अधिकार दिने कुरामा अगाडि रहेको बताएका हुन्।


उनले हरेक स्थानीय तहमा अनिवार्य रुपमा महिला प्रतिनिधित्वको व्यवस्था गरेको र देशभरिमा नै महिलाहरुलाई अधिकारसहित स्थान दिएको धारणा राखे। सभापति देउवाले आगामी दिनमा महिलाहरु राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कांग्रेस नेताहरुले महिलालाई थप अधिकार सम्पन्न बनाउनका लागि कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको कालिमाटी ढलमा फसेका एक जनालाई प्रहरीले उद्धार गरेको छ। आज बिहान काठमाडौं महानगरपालिका-२० कालिमाटी कनप पेट्रोल पम्प नजिकै रहेको ढलबाट अन्दाजी ३५ वर्षका एक जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ। null प्रहरीका अनुसार उनलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालयले उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर पठाएको छ। उनको पहिचान खुल्न बाँकी रहेको ...
। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल ...
: खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन गरेको छ । एक वर्षदेखि पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर नफर्किएका उनलाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो । कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ ...
: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो। रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन्। जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै ...
रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै